विकासन्युज

अब सार्वजनिक यातायातमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्ने

काठमाडौं। सार्वजनिक यातायातले सीसीटीभी राख्ने र ड्यासक्याम अनिवार्य गर्नु पर्ने भएको छ । सार्वजनिक यातायातले लैङ्गिक हिंसा रोकथाम गर्न सीसीक्यामरा अनिवार्य जडान गर्नुपर्ने भएको  हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को सय वटा स्वीकृत शासकीय सुधार अन्तर्गत राइड सेयरिङ एपमा अनिवार्य एसओस बटन अनिवार्य गर्नु पर्ने भएको छ । आकस्मिक तथा खतराको सूचना तत्काल प्रहरीसमक्ष पुर्याउने व्यवस्था मिलाउने भएको छ ।

सरकारले सातै प्रदेशमा 'ब्लु बस' सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले सातै प्रदेशमा महिलाको सुरक्षित आवागमनका लागि 'ब्लु बस' सञ्चालन ल्याउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शासकीय सुधार अन्तर्गत सय दिन भित्रमा पहिलो चरणमा सय दिनमा २५ वटा बस सञ्चालनमा ल्याउने भएको हो ।

सरकारले सीआइबीलाई १ करोड दिने

काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई १ करोड दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को सय वटा स्वीकृत शासकीय सुधार अन्तर्गत सीआइबीलाई प्रविधियुक्त बनाउन १ करोड दिन लागेको हो ।

यस्ता छन् सरकारका शासकिय सुधारका १०० काम

काठमाडौं । सरकारले शासकिय सुधारका एक सय कार्यसूची सार्वजसनिक गरेको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेका १०० काम सार्वजनिक गरेका हो ।  यस्ता छन् १०० काम   

गृहमन्त्री गुरुङलाई प्रश्न : महेश बस्नेतलाई पक्राउ गर्न लागिएको हो ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षाकर्मीका उच्च अधिकारीसँग छलफल सकेर गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनी नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल लगायत उच्च अधिकारीहरुसँगको छलफल सकेर गृहमन्त्रालयबाट निस्केका हुन् ।  बाहिर निस्किदै गर्दा सञ्चारकर्मीले उनलाई नेकपा एमालेका सचिव महेश बस्नेतलाई पनि पक्राउ गर्ने हल्ला भइरहेको छ, उनलाई पक्राउ गर्न लागिएको हो भन्ने प्रश्न गरेका थिए । उनले सो प्रश्नको जवाफ मुसुक्क मुस्कुराएर टारेका छन् ।  सरकारले शनिबार बिहान एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि आज दिनभर एमालेका कार्यकर्ताले उनको रिहाईमा विरोध गरेका थिए ।  

देशभरका सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन, प्रहरीको विदा पनि रोकियो

काठमाडौं । प्रहरी हेडक्वाटरले देशभरका सुरक्षाकर्मीलाई हाईअलर्टमा बस्न निर्देशन दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका हुन् ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाउन सर्कुलर गरिएको छ । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि शनिबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए । 

गृहमन्त्री गुरुङ र दुई आईजीपीबीच छलफल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायतका सुरक्षा अधिकारीसँग गृहमन्त्रालयमा छलफल गरेका हुन् । गृह मन्त्रालयमा बसेको बैठक सम्पन्न भइसकेको छ ।  सरकारले केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि उनले थप सुरक्षा ब्रिफिङ लिएका हुन् । सरकारले हिजो मात्रै जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।   

अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका ७ प्रदर्शनकारी पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । आज बिहान अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए ।  काठमाडौंको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।