दोहोरो कर असुली–ट्याक्टर व्यवसायी आन्दोलित
इटहरी, १२ मंसिर । मोरङ जिविसले खोलाजन्यवस्तु उत्खनन तथा निकासीमा दोहोरो मूल्य अभिवृद्धि कर असुल गरिरहेका भन्दै सुनसरी र मोरङका ट्याक्टर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जिविसले दुई स्थानमा जाँच चौकी राखेर ट्याक्टर, ट्रकलगायत ठूला सवारीसाधनसँग एउटै वस्तुको मूल्य अभिवृद्धि कर दुईपटक लिएको बिरोधमा ती व्यवसायी आन्दोलित भएका हुन् । उत्खनन गर्दा र निकासी गर्दा पनि दुईपटक मूल्य अभिवृद्धि कर लिएको कोसी ट्याक्टर सङ्घका अध्यक्ष शिवराज दाहालले गुनासो गर्दै ढाट क्षेत्रमा सयौँ ट्याक्टर रोकेर साङ्क्ेतिक आन्दोलन थालिएको बताए । मोरङको सुन्दरदुलारी नगरपालिकाको बलियामा ढाँट राखेर खोलाबाट ढुङ्गागिट्टी र बालुवा निकासी तथा उत्खननमा ८४ घनमिटरको हिसावले कर लिनुपर्नेमा ट्याक्टर वा ट्रकको बाहिरी भाग नापेर एक सय पाँच घनमिटरको हिसावले बढी कर लिने गरेको पनि उनको आरोप छ । अर्का ट्याक्टर व्यवसायी नवराज पौडेलले जाँच चौकीमा बस्ने कर्मचारीले रु एक सय ७७ को रसिद काटेर दुई सय रुपैयाँ असुल गर्ने र रसिद चाहिँ एक सय ७७ रुपैयााको मात्र दिने दिएर आफूहरुलाई हैरान पार्ने गरेको छ भने । एउटा ट्याक्टरबाट रु ८४ एक स्थानमा मूल्य अभिवृद्धि कर लिनुपर्नेमा रु एकसय पाँच लिइ अर्को स्थानमा निकासी करमा पनि मूल्य अभिवृद्धि करको नाममा एक सय पाँच रुपैयाँ लिएर एक सय २७ बढी कर असुल गरिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष दाहालले जोड दिए । मोरङ जिविसले खोलाजन्य वस्तु उत्खनन र निकासीको ठेक्का लगाइसकेको तर सुनसरी जिविसले भने ठेक्का नलगाएका कारण निर्माण कार्यमा प्रतिकूल असर परिरहेको छ भन्दै अर्का व्यवसायी गणेश गौतमले निकासी कर अवैध भएको बताए । सुनसरीको बूढी, बगुवा र बाघ, सेउती सर्दू, पटनाली खोला लगायतबाट खोलाजन्य वस्तुको उत्खनन र ओसारपसार हुँदै छ भने मोरङको गछिया, लोहान्द्रा, चिसाङ खोला लगायतत्यसता वस्तु उत्खनन र निकासी हुने हुँदै आएको छ । यी दुवै जिल्लाका खोलामध्ये सुनसरी जिल्लाको खोलाबाट असोजदेखि नै उत्खनन र निकासीको ठेक्का लगाई सक्नुपर्नेमा वन कार्यालय र जिल्ला विकास समितिबीचको रस्साकस्सीका कारण ठेक्का लगाउन ढिलाइ भएको सुनसरी जिविसले जनाएको छ ।रासस
अस्ट्रेलियामा आयोजित ‘नेपाल फेस्टिभल सिड्नी’ सम्पन्न
काठमाडौं, १२ मंसिर । अस्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल सिड्नी शनिबार सम्पन्न भएको छ । सन् २००६ देखि प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभलको यो छैठौ संस्करण हो । फेस्टिभलको उद्घाटन परराष्ट्रमन्त्रि महतले सबै अतिथिहरुको उपस्थितिमा पनाशमा बत्ति बालेर गरेका थिए । नेपाल सरकारका माननिय परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रमुख अतित्थता, एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घले बिशेष अतिथि, उपाध्यक्ष कुमार पन्त, संरक्षक इन्द्रा बन, आइसिसि सदस्यहरु, क्षेत्रीय संयोजकहरु, केन्द्रिय सल्लाहकारको उपस्थितिमा सम्पन्न यस महोत्सबमा अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका उच्च तहका प्रतिनिधिहरुको उपस्थिति थियो । पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने सिड्नीको डार्लिङ हर्बरमा प्रभात फेरिबाट सुरु भएको कार्यक्रम तोम्बोलन पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको थियो । अस्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्रि सोफी कोट्सिस, संसद डेभिड कोल्मायन लगायतका अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरु, स्थानीय काउन्सिलका काउन्सिलरहरु उपस्थित उक्त कार्यक्रममा अस्ट्रेलियन अतिथिहरुले आजको यो सबैको उपस्थिति नेपाली काला संस्कृति झल्कने विविध प्रस्तुतिहरु र खान पिनले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा अर्को एउटा महत्व पूर्ण आयाम थपेको र यो नै अस्ट्रेलियाको बहु संस्कृतिक समुदायको गहना भएको बताएका थिए । एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले अस्ट्रेलियाको उक्त कार्यक्रममा नेपाल समुदाय पनि अस्ट्रेलियाको एउटा महत्व पूर्ण समुदाय रहेको संदेश सबैमा जाने विश्वास राखेका छन् । यसै गरी मातृभुमी प्रती पनि अझै बढी कर्तब्य निस्ठ हुनु पर्ने भन्दै भुम्कम्पीडित हरुको नियती २ बर्ष सम्म पनि उस्तै रहेकाले एन आर एन तदारुकताका साथ पुनर्निर्माण मा जुट्नु पर्ने बताए । एन आर एनले प्रतिबधध्ता गरेको १००० घर निर्माण का लागी निर्माण को क्षेत्र मा अनुभव भएका गैर आबाशिय नेपाली हरु लाई सहयोग को लागी अनुरोध गरेका छन् । आफु ले भर्खेर लाप्राक को भ्रमण गरेको अनुभव सुनाउदै पीडित हरु को मुहार मा खुशी ल्याउन एन आर एन ले कुनै कसर बाकी नराख्ने बताएका छन् । नेपाल फेस्टिबलको प्रमुख आकर्षण बनेको नेपाल हाउसको अबलोकनको क्रममा उनले एन आर एन ए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाको काम को प्रशंशा गर्दै आफ्ना कार्यहरुलाई निरन्तरता दिनको लागी निकुञ्जलाई अझै सकृय हुन आग्रह गरेका छन् । प्रमुख अतिथि माननिय मन्त्रि महतले नेपालीहरुले यहाँ सिकेको शिप, ज्ञान र अर्थलाई आफुलाई पायक पर्ने सुबिधा हुने किसिमले जुन सुकै माध्यमबाट भए पनि देशमा लगानी गर्न अनुरोध गरेका छन् । मन्तब्यका क्रममा महतले देशले राजनीतिक उतार चडाव बाट पार गरि बिकाश निर्माणमा अगाडी बढ्दै गरेकोले पनि विदेशमा बसेका नेपालीहरु को ठुलो योगदान रहने बताएका छन् । एक पटकको नेपाली सधैको नेपाली भन्ने गैर आवासीय नेपालीहरुको चाहानालाई आन्तरिम संबिधान देखि संबिधान मस्यौदा हुदै हालको नेपालको संबिधानमा समेत समेट्न सफल भएको, यसमा आफु आबद्द पार्टी र सरकार सधै सकारात्मक रहेको बताउदै कानुन बनि सके पश्चात रहेका सबै अन्यौल समाप्त हुने बताए ।
“लगानीकर्ता आत्तिनुपर्दैन, म्यानुपुलेसन पनि भएको छैन”-निरज गिरी
काठमाडौं, १२ मंसिर । असोज २० गते कारोबार बन्द हुँदा सेयर बजार परिसूचक (नेप्से) १८२० अंकमा अडिएको थियो । त्यसपछि दशैँ विदा भयो र असोज ३० गते बजार खुल्यो । यसदिन भने लगानीकर्ताहरु केही निरास भए । नेप्से एकैपटक १६.१४ अंकले ओरालो लाग्यो र १८०४ अंकमा झर्यो । त्यसपछि नेप्से निरन्तर रुपमा ओरालो लागिरहेको छ । मंसिर १२ गतेसम्म आएइपुग्दा बजार ३३४.५२ अंकले ओरालो लागिसकेको छ । यसदिन बजार १५ सय भन्दा तल झरेको छ । बजार यसरी ओरालो लाग्दा पनि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन बसिरहेको छ । यदाकदा समाचारमा उनीहरुको भनाई आएपनि आधिकारिक धारणा बाहिर आएको छैन । बजार उकालो लाग्दा लगानीकर्ताहरुलाई सम्हालिएर लगानी गर्न पटक पटक आग्रह गर्ने बोर्ड बजार ओरालो लागेर लगानीकर्ता आत्तिदा भने मौन छ । बजार ओरालो लागेर लगानीकर्ताहरु आत्तिदा पनि तपाईहरु किन मौन ? भनेर विकासन्युजले बोर्डलाई सोधेको थियो । धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी भन्छन् – “अहिले बोर्ड बोल्ने समय आएको छैन । हामीले बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौ, आत्तिनुपर्ने अवस्था छैन । बजारमा म्यानुपुलेसन पनि भएको छैन । उनका अनुसार नेपालको धितोपत्र बजार उकालो र ओरालो लाग्नुमा कुनै कारण हुदैन ।” गत वर्षको भन्दा अर्थतन्त्रका परिसुचक पनि उकालो लागेको छ । “कम्पनीहरुले पनि राम्रो प्रतिफल दिइरहेका छन् । पछिल्लो समय बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तिय विवरण हेर्दा पनि उनीहरुको नाफा राम्रो देखिन्छ । तर किन बजार ओरालो लागेको छ भन्ने विषयमा भने अहिले केही भन्न नसक्ने गिरीको भनाइ छ । सेयरको आपुर्ति बढेकाले बजार घटेको उनको तर्क छ । “बजारमा विभिन्न कम्पनीहले हकप्रद सेयर जारी गरिरहेका छन् । हकप्रद सेयर खरिदका लागि रकम जोहो गर्न लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेचे जसको परिणाम सेयरको आपुर्तिमा बृद्धि भयो र बजार ओरालो लाग्यो” उनले भने । पहिले पनि ३९२ अंकसम्ममा बजार झरेको थियो र १९०० अंकसम्म उकालो लागेको थियो त्यतिबेला पनि बजार घट्नु र बढ्नुमा ठोस कारण नरहेको प्रबक्ता गिरीले दावी गरे । उनले म्युचुअल फन्डहरुलाई अहिले बजारमा लगानी गर्नको लागि दवाव दिन नसक्ने पनि बताए । “साना लगानीकर्ताहरुले जोखिम मोल्न डराउने भएका कारण नै म्युचुअल फन्डमा लगानी गरेका हुन्छन् । उनीहरुको रकममाथि हामीले दवाव दिनु उचित हुदैन” गिरीले भने । सेयर लगानीकर्ता संघका महासचिव नवराज सुवेदीका अनुसार समय समयमा बजारमा देखिएको कृत्रिम र शंकाष्पद गिरावटको कारकहरुलाई पहिचान गर्न बारम्वार संघले नेपाल धितोपत्र बोर्डलाई घच्घच्याइ रहेको छ । संघले लगानीकर्ताहरुलाई आश्वास्त पार्ने र मनोवल बढाउने कार्यहरु पनि गरिरहेको छ सुवेदीले भने हामी नियमनकारी निकायहरुबाट चालिने परिणाममुखी कदमहरुको प्रतिक्षामा रहेका छौ । उनले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको पनि स्पष्ट पारे । १५ सय भन्दा मुनि नेप्से, सबैभन्दा बढी बीमा समूह ओरालो लागे साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ६४.५५ अंकले ओरालो लागेर १४६९.४८ अंकमा अडिएको छ । यसदिन बैकिङ ५२.५४ अंकले, होटल १४६.४ अंकले, विकास बैंक ६५.७७ अंकले जलविद्युत १०४.२९ अंकले फाइनान्स २६.७ अंकले विमा ५६२.९४ अंकले र अन्य १९.०८ अंकले ओरालो लागेको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा एभरेष्ट बैंक रहेको छ । यसदिन सो बैंकको ११ करोड १२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स, बैंक अफ काठमाडौं लुम्बिनी, मिसन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमोटर सेयर रहेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेहरुमा हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त वित्तिय संस्था र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । दिनभर एकसय २८ कम्पनीको ९५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
सिजि ब्राण्डका हिटरहरुको माग बढ्दो
काठमाडौं, १२ मंसिर । सिजि ब्राण्डका विभिन्न किसिमका हिटरहरु बजारमा उपलब्ध भइसकेका छन्। नजिकिदो जाडो र जाडोमा न्यानोपनको आभाष दिन सक्ने हिटरहरु भएकाले यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जाडो बढ्दै जाँदा सिजि ब्राण्डका विभिन्न मोडलका ग्याँस हिटर, हालोगन हिटर र इलेक्ट्रीक फ्यान हिटरहरुको माग बढ्दै गएको छ ।
अल्पाइनको १४ प्रतिशत बोनस दिने निर्णय, बुटवल पावरको ७ प्रतिशत बोनस स्वीकृत
काठमाडौं, १२ मंसिर । अल्पाइन डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १७ लाख ३३ हजार ४३७ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बुटवल पावर कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत भइसकेको छ । बैंकद्धारा स्वीकृत निर्णय कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो पुस ८ गते हुने भएको छ । सो प्रयोजनकोलागि यहि मंसिर २० गतेदेखि पुस ८ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।
गुह्वेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस सेयर राष्ट्र बैंकद्धारा स्वीकृत
काठमाडौं, १२ मंसिर । गुह्वेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर वितरणका लागि सेयर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । त्यसका साथै, कम्पनीले लगानीकर्ताहरुलाई कर प्रयोजनका लागि शून्य दशमलब ७४ प्रतिशत नगद लाभांस पनि दिने भएको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हकप्रद सेयर पछिको १२ प्रतिशत बोनस सेयर दिन लागेको हो । राष्ट्र बैंकद्धारा स्वीकृत बोनस सेयर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।
बोटलर्स नेपालले प्रतिशेयर २५ रुपैयाँ नगद लाभांस दिने, मंसिर २६ गतेभित्र सेयर किनि सक्नुपर्ने
काठमाडौं, १२ मंसिर । बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको गत विहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता बराबर २५ रुपैयाँका दरले नगद लाभांस दिने बताएको छ । कम्पनीको सोही सञ्चालक समितिको बैठकले मंसिर २६ देखि पुस ११ गतेसम्म सेयरधनी दर्ता किताव बन्द गर्ने निर्णय पनि गरेको छ ।कम्पनीले सेयरधनी दर्ता पुस्तिका साधारणसभा प्रयोजनार्थ बन्द गर्न लागेको जनाएको छ । लगानीकर्ताहरुले यस कम्पनीको सेयर किन्न चाहेमा यही मंसिर २६ गतेभित्र किनिसक्नुपर्ने छ । यस्तै कम्पनीको व्यवस्थापक आनन्द रत्नपार्खीले नोभेम्वर १० देखि कम्पनी छोडेको पनि जानकारी दिएको छ ।
नगद लाभांश वितरणमा रोक लगाएर बीमा समितिले ठिक काम गर्यो -अभिजीत घोष दस्तीदर
अभिजीत घोष दस्तीदर विगत केही महिनादेखि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । उहाँ सन् १९९१ देखि एलआइसी इण्डियामा कार्यरत हुनुहुन्छ । २०१५ अक्टोबरदेखि एलआइसी नेपालको सेकेण्ड म्यानका रुपमा नियुक्त भएर आउनु भएको अभिजीतले एलआइसीमा २५ वर्ष विताउँदा दुबई, साउदी अरेयिबा, कतार, बराइन, ओमनमा बसेर काम गरिसक्नु भएको छ । बीमा बजार र एलआईसी नेपालको बारेमा उहाँसँग गरिएको विकास वहस यस पटक। एलआइसी नेपालको बजार कस्तो छ ? एलआइसी नेपाल भनेको नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रको एक नम्बर कम्पनी हो । नम्बर अफ पोलिसीका आधारमा हामी पहिलो नम्बरमा छौं । प्रिमियम रकमका आधारमा हामी दोश्रो नम्बरमा छौं । हामीले गरिबका लागि साना साना पोलीसी पनि गरिरहेका छौं । नम्बर अफ पोलिसीका आधारमा हामीले लाइफ इन्स्योरेन्स बजारको ३५ प्रतिशत हिस्सा लिएका छौं । एलआइसी नेपाल भनेको एलआइसी इण्डियाको सहायक कम्पनी हो । र, एलआइसी इण्डिया विश्वमै ठूलो बजार नेटवर्क भएको इन्स्योरेन्स कम्पनी हो । नेपालमा पनि हामीसँग ३५ वटा ब्रान्च छन् । नेपाल र भारतका धेरै कुरा समान छन् । संस्कृति र परम्परा पनि समान छन् । हामीले नेपालको ठूलो बजार हिस्सा लिएका छौं । हामीले अझै ब्रान्च बढाउने योजनामा छौं । एलआईसी इन्डियाले नेपालमा नाफा गरेर भारत लगिरहेको छैन (कर रकमबाहेक) । हामीले नेपालको बजार विस्तार गर्नुपर्नेछ । यहाँ समाजिक सुरक्षाको खासै राम्रो व्यवस्था छैन् । त्यसका लागि पनि काम गर्नुपर्नेछ । एलआईसी नेपालको बीमा पोलिसी कस्ता कस्ता छन् ? नेपालमा एलआइसी नेपालको पहिचान भनेकै प्रडक्टमा बिबिधता नै हो । सामान्यत बीमा कम्पनीका सबै खाले प्रडक्ट हामीसँग छन् । त्यस बाहेक अरु कम्पनीले नदिएको पोटेन्सियल प्रडक्ट पनि हामीसँग छ । मानिस चाँडै मर्न पनि सक्छ ढिलो पनि हुन सक्छ । यो प्राकृतिक नियम नै हो । हामीसँगै जीवन आनन्द नामको प्रडक्ट छ, जुन आफैंमा नेपाली बजारका लागि नयाँ हो । अरु कम्पनीले मानिसको कामकाजी जीवनको बीमा गर्दै आएका छन् । सामान्यतया सबैले ४० वर्षतिर इन्स्योरेन्स गर्छन र ६० वर्षतिर सम्पन्न हुन्छ । जीवन आनन्दमा प्रिमियम र ब्याज दिन्छौं । त्यससँगै उसको जीवन बीमा भने जीवनभर रहन्छ । एक सय वर्ष बाच्यो भने पनि इन्स्योरेन्स रहन्छ । हाम्रो कम्पनीको सबै भन्दा तीब्र गतिमा बिक्री भैरहेको प्रडक्ट हो । २५ देखि ३५ प्रतिशत बजार हिस्सा यसैले लिएको छ । मानिसलाई वृद्धावस्थामा इन्स्योरेन्स गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यस्तै, जीवन तरंग नामको प्रडक्ट पनि हाम्रो अर्काे राम्रो बिक्री भैरहेको प्रडक्ट हो । यो एक प्रकारको पेन्सन प्रडक्ड हो । यो अलि प्राबिधीक प्रडक्ट पनि हो । तपाईको कम्पनीको सबै भन्दा बिक्री भैरहेका पाँच वटा प्रडक्टहरु के के हुन् ? जीवन आनन्द, इन्डोमेन्ट, जीवन सरल, चिन्ड्रेन्स पोलीसी र जीवन तरंग हो । जीवन तरंग अहिलेका लागि मेरो सबै भन्दा प्राथमिकताको प्रडक्ट हो । नेपाली नागरिकले जीवनको उत्तरार्धका लागि केहि रकम जम्मा गर्नुपर्छ भनेर ल्याएका हौं । त्यस कारण जीवन तरंग भनेको भविष्यको प्रडक्ट हो । अहिले २ देखि ३ वटा प्रडक्टको डिजाइन भैरहेको छ । यहि आर्थिक वर्षमा २ वटा जति नयाँ प्रडक्ट आउँछन भने बाँकी केहि प्रडक्ट अर्काे आर्थिक बर्षमा ल्याउँदैछौं । त्यसको तयारी भैरहेको छ । प्रडक्टको डिजाइन गरेर एक्चुरीमा पठाउँछौं र त्यसपछि बीमा समितिबाट स्वीकृत गराएपछि मात्र सार्वजनिक हुन्छ । लाइफ फण्डको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? हामीले लाइफ फण्डको व्यवस्थापन राम्रोसँग गरिरहेका छौं । लगानी योग्य निश्चत प्रतिशत रकम इक्वीटीमा लगानी गर्छाै । हामीले धेरै जोखिम लिने गरेको छैनौं । इक्वीटीले धेरै प्रतिफल दिन्छ भन्ने थाहा छ तर पनि त्यस्तो गरेका छैनौं । बाँकी रकम बैंकमा निक्षेप गर्छौ । हामीले सार्वजनिक सूचना निकालेर बाणिज्य बैंकलाई निक्षेपका लागि आव्हान गर्छाै र अधिकतम कबोल गर्नेलाई निक्षेप दिन्छौं । गत वर्ष ब्याजदर साढे ४ देखि ५ प्रतिशत मात्रै थियो । यसपाली बजारमा तरलताको अभाव छ । कमर्सियल बैंकमा पैसा राख्नु भन्दा पूर्वाधार विकासका दीर्घकालिन परियोजनामा लगानी गर्न पाइयो भने राम्रो हुन्थ्यो । हामीले १५ देखि २० वर्षको प्रडक्ट बेच्छौं । तर जम्मा तीन चार वर्षको फिक्स डिपोजिटमा पैसा राख्नु परेको छ । संसारमा इन्स्योरेन्स क्षेत्रको भनेको दीर्घकालिन पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने प्रचलन छ । हामी २० बर्षका लागि पैसा लिन्छौं तर जम्मा दुई चार बर्षका लागि मात्रै लगानी गर्न पाउँछौं । तपाईको कम्पनीको प्रतिष्पर्धी कम्पनी कुन हो ? बजारमा रहेका ९ वटै लाइफ इन्स्योरेन्स कम्पनी हाम्रा सहकर्मी हुन् । प्रतिस्प्रर्धा कसैसँग पनि छैन । लाइफ इन्स्योरेन्सले कुल जनसंख्याको करिब २ प्रतिशत मात्र ओगटेको छ । इन्स्योरेन्सकै क्षेत्र जम्मा ७ प्रतिशतमा सिमित भएको छ । बजार भर्जिन छ । त्यस कारण बजारमा ठूलो सम्भावना छ । त्यसकारण बजारमा कसैको कुनै पनि कम्पनीसँग प्रतिष्पर्धा छैन् । शहरका र गाउँका शाखाहरुको परफरमेन्स कस्तो छ ? पाँचथर, डढेलधुरा, तेह्रथुम, सुर्खेत लगायतका क्षेत्रमा हाम्रा शाखा छन् । सबैको परफरमेन्स राम्रो छ । ती शाखा र काठमाडौंका शाखाको तुलना गर्न मिल्दैन् । सबै शाखाले रेभिन्यु जेनेरेशन मात्रै गर्दैनन् । कति जनतालाई सेवा दिए भन्ने कुरामा पनि हामी ध्यान दिने गरेका छौं । अथाह सम्भावना भएको बजारमा इन्स्योरेन्सको पहुँच बढाउन नियामकले के गरिहेको छ र थप के गर्नु पर्छ ? बीमा क्षेत्रको बजार अभिवृद्धिका लागि बीमा समितिले साह्रै राम्रो काम गरिरहेको छ । शहरमा एउटा शाखा खोल्नु भन्दा पहिले ग्रामीण क्षेत्रमा २ वटा शाखा खोल्नु पर्ने व्यवस्था छ । यसले ग्रामीण क्षेत्रमा इन्स्योरेन्स क्षेत्रको विस्तारमा सघाउ पुर्याइरहेको छ । कतिपय ग्रामीण क्षेत्रमा सूचना प्रविधिको उपलब्धता नभएकाले समस्या पनि हुन्छन् । तर पनि बीमा समितिले गरिरहेका काम साह्रै सराहनिय छ । भारतीय कम्पनीको सहायक कम्पनीका रुपमा नेपालमा काम गर्दा कुनै असहजता महसुस भएको छ ? यो नेपाली कम्पनी हो । एलआइसी नेपालमा एलआइसी इण्डियाको ५५ प्रतिशत, २५ प्रतिशत बिशाल ग्रुप र २० प्रतिशत नेपाली सर्वसाधारण जनताको लगानी छ यो कम्पनीमा । नेपाल भनेको हाम्रा लागि दोश्रो घर नै हो । एलआइसी नेपालमा १४० कर्मचारी छन् । तीमध्ये १३८ नेपाली नागरिक छन् । सिइओ र डेपुटी सिइओ मात्रै भारतबाट आएका हौं । ३२ हजार एजेण्ट्स छन ती सबै नेपाली नै हुन् । मलाई यहाँ काम गर्दा आफ्नै घरमा जस्तै महसुश भएको छ । तपाईले कम्पनी राम्रो छ भनिरहनु भएको छ । तर कम्पनीको सेयर मूल्य ४२०० वटा २८०० रुपैंयाँमा झरेको छ, किन ? हाम्रो कम्पनीको सेयर मूल्य १६ प्रतिशतले घटेको देखिन्छ । जबकी नेपालको सेयर बजार २० प्रतिशतले घटेको छ । अब भन्नुस हाम्रो कम्पनीको सेयर सुरक्षित जोनमा छ कि छैन ? फेरी विश्वकै सेयर बजारमा व्यापारीले कमाउँछन पनि र गुमाउँछन पनि । तर कोहि लगानी कर्ता छन् भने दीर्घकालसम्म पर्खने हो भने उसले नाफा नै कमाउँछ । तत्कालै त के हुन्छ भन्न सकिन्न तर केहि वर्ष कुर्ने हो भने हाम्रो कम्पनीका लगानी कर्ताले कमाउँछन नै । हाम्रो कम्पनीले दीर्घकालिन योजना अनुसार लगानी गरिरहेका छौं । राम्रो व्यवस्थापनमा सञ्चालित लाइफ इन्स्योरेन्स कम्पनीले २० देखि २५ प्रतिशत रिटर्न दिन सक्छन् । संस्थागत सुशासनले तीन महिना भन्दा बढी समय सिइओ खाली रहनुलाई उपयुक्त मान्दैन, तर एलआइसी नेपालमा धेरै समय खाली भयो नि किन ? भारतमा सरकारी सेवामा प्रवेशको सबै भन्दा माथिल्लो स्तर भनेको स्नातक उतीर्ण गरेर हो । तर एलआइसी नेपालमा सिइओ नियुक्तीको प्रक्रिया अघि बढिरहेका बेला सरकारले मापदण्ड परिवर्तन गर्यो । स्नातकोत्तर उतिर्ण गरेकाले मात्रै त्यस्तो नियुक्त लिन पाउने भन्ने व्यवस्था गर्यो । यसले सुरु गरिएको प्रक्रिया रोकियो र नयाँ प्रक्रिया अघि बढाउन धेरै निकायबाट अनुमति लिनुपर्ने व्यवस्था छ । एलआइसी इण्डियाले भारतीय अर्थमन्त्रालयबाट अनुमति लिएर मात्रै नियुक्ती प्रक्रिया अघि बढाउन पाउँछ । एलआइसी इण्डियाले उच्च प्राथमिकतामा राखेर नियुक्त प्रक्रिया अघि बढाएको थियो । तर अगष्टमा हाम्रो प्रक्रिया मध्य अवस्थामा पुगेको बेला नयाँ सर्कुलर आएकाले त्यो रोकियो । त्यसमा पनि गणित, अर्थशास्त्र लगायतका बिषय अध्ययन गरेको हुनुपर्ने व्यवस्था पनि थपियो । बीमा समितिले कम्पनीहरुलाई नगद वितरण नगरेर बोनस सेयर मात्रै दिन भनेको छ, एलआइसीको प्रतिक्रिया के हो ? हामीले सन २००१ मा स्थापना भएदेखि नै कर बाहेक एक रुपैंयाँ पनि भारत लगेका छैनौं । बीमा समितिले नगद लाभांश नदिएर बोनस बाढ्न दिएका निर्देशन एक दमै ठिक छ । एसेट र लायबिलिटिज एक सयभन्दा माथि हुनु पर्छ । लायबलिटि एक सय भयो भने एसेट १५० हुनुपर्छ भन्ने मान्यता छ । यसलाई पहेँलो जोन भनिन्छ । १५० भन्दा बढि भयो भने ग्रीन जोन मानिन्छ । गत बर्ष हाम्रो लायबलिटि एक सय रुपैंयाँ हुँदा एसेट २०८ रुपैंयाँ थियो । यो भनेको साह्रै राम्रो अवस्था हो । इन्स्योरेन्स कम्पनीको मापनको प्रमुख आधार पनि हो ।