आइओएम डिन जगदीश अग्रवाललाई बर्खास्त गर्न माग, नहटाईए अनशन बस्ने चेतावनी
काठमाडौं, ४ पुस । शिक्षामन्त्री धनीराम पौडेललाई सोमबार ज्ञापनपत्र बुझाउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बचाउ सङ्घर्ष समितिले संस्थानका डिन डा जगदीश अग्रवाललाई बर्खास्त गर्न माग गरेको छ । अग्रवाललाई हटाएर प्रक्रियागत रुपमा नयाँ डिन नियुक्ति नगरिए अनशन बस्ने चेतावनी समितिका संयोजक डा सुरेश उप्रेतीसहितको टोलीले दिएको हो । समितिले विगत १६ दिनदेखि डिन कार्यालयमा तालाबन्दी गर्दै आएको छ । डा गोविन्द केसीको अनशन तोडाउन सरकारले अग्रवाललाई नियुक्त गरेको थियो । शिक्षामन्त्री पौडेलले सङ्घर्षरत पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न आग्रह गरेका छन्। उनले यही पुस १४ गते बस्ने त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा यस विषयमा छलफल हुने बताए । रासस
१० महिनासम्म पनि थपिएन नयाँ क्यिरिङ बैंक, नेपाल धितोपत्र बोर्ड भन्छ-सिसिडएसले टेरेन
काठमाडौं, ४ पुस । नेपाल धितोपत्र बोर्डले थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्यिरिङ लिमिटेडलाई निर्देशन दिएको १० महिना वितिसक्दा पनि अझै क्लियरिङ बैंक थपिएको छैन । माघ १३ गते धितोपत्र बोर्डले उनीहरुलाई २०७३ बैसाख १ गतेभित्र थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि निर्देशन दिएको थियो । तर अहिलेसम्म पनि नेप्से र सिडिएसले क्लियरिङ बैंक थप्ने विषयमा वेवास्ता गरेको छ । धितोपत्र बोर्डले पटक पटक क्लियिरङ बैंक थप्नका लागि नेप्से र सिडिएसलाई निर्देशन दिएपनि उनीहरुले आलटाल गर्दै आइरहेका छन् । ‘काम अन्तिम चरणमा पुगेको भन्दै बोर्डलाई नेप्से र सिडिएसले अल्मल्याइरहेको छ,’ बोर्डका प्रबक्ता निरज गिरीले भने । पटक पटक नेप्से र सिडिएसलाई क्लियरिङ बैंक थप्ने बारेमा स्पष्ट पार्न भनिएपनि विभिन्न बहाना बनाएर उनीहरु तर्किने गरेको गिरीले जानकरी दिए । गिरीका अनुसार बोर्डले छिट्टो काम गर भनेर दवाव दिनुबाहेक अन्य विकल्प छैन । बोर्डले कारबाहीको नाममा पनि जरिवाना गराउन सक्छ तर त्यसले केही असर गर्दैन, प्रबक्ता गिरीले भने । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमूख कार्यकारी अधिकृत देशप्रकाश गुप्ता भने आगामी सञ्चालक समितिको बैठकमा क्लियरिङ बैंक थप्नेबारेमा निर्णय हुने बताउँछन् । उनले भने,‘आगामी सञ्चालक समितिको बैठकमा हामी प्रस्ताव लिएर जान्छौ । ‘सम्पुर्ण काम सकिएको छ सञ्चालक समितिबाट निर्णय हुनेवित्तिकै सार्वजनिक सुचना प्रकाशित गरी टेन्डर आव्हान गर्दछौ,’ गुप्ताले भने । प्राविधिक काम भएकोले समय लागेको उनले बताए । बोर्डले ढिलोमा बैशाख १ गते भित्र क्लियरिङ बैंकको सख्या कम्तिमा ३ वटा पुर्याउन निर्देशन दिएको थियो । तर नेप्सेले चैत मसान्तमा बोर्डलाई पत्र लेखेर प्राबिधिक कारण देखाउँदै तत्कालै नयाँ क्लियरिङ बैंक थप्न नसक्ने बताएको थियो । बोर्डले आफ्नो निर्देशनको अवज्ञा गरे कारवाही गर्ने चेतावनी दिएपछि क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाउन नेप्से र सिडिएस बाध्य भएका थिए । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गरिरहेको छ । सेयर बजारको आकार र कारोबार निकै ठुलो भैसकेकाले राफसाफ प्रक्रिया चुस्तदुरुस्त बनाउन भन्दै बोर्डले क्लियरिङ बैंक थप्नुपर्ने आवश्यकता औल्याएको बताएको छ ।
विश्व बैंकद्धारा पाँच अर्ब ९४ करोड ऋण सहयोग, ग्रामीण अर्थतन्त्रलाई सवल बनाउने
काठमाडौं, ४ पुस । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका सडक र पुल विकास, संस्थागत सवलीकरण तथा परियोजना कार्यान्वयन र सवलीकरण अभिवृद्धिमा खर्च गरिने जनाइएको छ । परियोजनाका समयमा विभिन्न २१ वटा क्रियाकलाप गरिने र परियोजनाको समाप्तिसँगै विभिन्न ३१ जिल्लामा बाह्रै महिना सडक पहुँच, यात्रा समयमा कटौती र आर्थिक केन्द्रको सुधार तथा सामाजिक सेवा पुग्ने विश्वास लिइएको छ । परियोजना कार्यान्वयका क्रममा ७०० किमी सडकको स्तरोन्नति र दुई हजार ५५० किमी रणनीतिक सडक मर्मत गरिने अर्थमन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गको सडक विभागले कार्यान्वयन गर्ने उक्त आयोजनामार्फत गत वर्षको भूकम्पमा भत्किएका पुल एवम् विभिन्न ३३ वटा रणनीतिक पुल प्रतिस्थापन गरिने छ । सम्झौतापछि महाशाखा प्रमुख अर्यालले विश्व बैंकबाट प्राप्त हुने रकमले ग्रामीण अर्थतन्त्रलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसले समग्र यातायात प्रणालीमा सुधार आउने बताएका छन्। त्यसैगरी विश्व बैंकका प्रबन्धक कामाताले सडक विस्तारसँग त्यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।रासस
नेप्से परिसूचक दोहोरो अंकले तल झर्यो, सबै सूचक राताम्मे
काठमाडौं, ४ पुस । आइतबार सामान्य अंकले बढेको बजार सोमबार फेरि दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ दशमलब ४७ अंकले घटेर १५१४ अंकमा अडिएको छ । सोमबार ५६ करोड १६ लाख रुपैयाँको किनबेच भएको छ । कम्पनीको १३७ कम्पनीको ६ लाख ८९ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कारोबार भएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमाको परिसूचक १०३ अंकले ओरालो झरेको छ । त्यस्तै, बैकिंङ्, हाइड्रोपावर र होटलको परिसुचक दोहोरो अंकले ओरालो लागेका छन् भने उत्तपादनमूलक समूहको परिसूचक भने सामान्य अंक (स्थिर) अवस्थामा रहेका छन् । सो दिन सबैभन्दा बढी एमबी इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशले बढेको छ । एभरेष्ट बैंकको १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार २७१ रुपैयाँ रहेको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ्को पुस २२ गते साधारणसभा, पुस ७-२२ गतेसम्म बुक क्लोज
काठमाडौं, ४ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले आगामी पुस २२ गते आफ्नो १५औँ साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि बैंकले पुस ७ गतेदेखि २२ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय बैंकको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
नेपाल- मङ्गोलियाबीच समझदारी, कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतलाई भिसा लिनु नपर्ने
काठमाडौं, ४ पुस । नेपाल र मङ्गोलियाका कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले एक अर्को देशमा भ्रमण गर्दा प्रवेशाज्ञा (भिसा) लिनु नपर्ने भएको छ । दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सो प्रावधानले कोसेढुङ्गाको काम गर्ने र अगामी दिनमा जनस्तरसम्म सो प्रावधान पुग्न सक्ने परराष्ट्र मन्त्रालयले विश्वास लिएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि सो समझदारी भएको हो । विदेश मन्त्री अर्जिल पहिलोपटक गएराति नेपालको तीनदिने औपचारिक भ्रमणमा नेपाल आएका थिए । नेपाल र मङ्गोलियाका बीच सन् १९६१ जनवरी ५ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । साथै, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले चीन भ्रमणका क्रममा मङ्गोलिया भ्रमणसमेत गरिसकेका थिए । द्विपक्षीय भेटवार्ता र समझदारी आदानप्रदानपछि परराष्ट्रमन्त्री डा महतले भूपरिवेष्टित देशका सामूहिक चासो र चिन्तालाई अध्ययन गर्न मङ्गोलियाले विज्ञ समूह (थिङ्क ट्याङ्क) गठन गर्न राखेको प्रस्तावलाई नेपालले सहयोग गर्ने र सदस्यतासमेत लिन दुई देशका बीचमा समझदारी भएको सञ्चारकर्मीलाई जानकारी दिए । नेपालले मङ्गोलियाका सो प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको प्रक्रियामार्फत समर्थन, सहयोग र सदस्यता लिने उनले बताए । मन्त्री डा महतले दुई देशका बीचका सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउँदै लान हरेक दुई/दुई वर्षका अन्तरालमा परराष्ट्र मन्त्री, सचिव एवम् उच्च सरकारी अधिकृतस्तरमा द्विपक्षीय छलफल गर्नेसमेत समझदारी भएको जानकारी दिँदै यस्ता बैठकले दुई देशको सम्बन्धलाई जनस्तरमा पु¥याउन सहयोग पुग्ने बताए। भगवान् गौतमबुद्धको पवित्र जन्मस्थल नेपालको लुम्बिनीमा मङ्गोलियाले स्थापना गर्न लागेको विहारलाई नेपालले सहयोग गर्नेसमेत दुई देशका बीचमा समझदारी भएको उनले जानकारी दिए । मन्त्री डा महतले दुई देशका बीचमा जनस्तरमा सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गर्न यससम्बन्धी आदानप्रदान गर्नसमेत सहमतिपत्रमा हस्ताक्षर भएको बताए। नेपालले संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति स्थापनार्थ खेलेको भूमिकालाई मङ्गोलियाले सो अवसरमा उच्च सराहना गर्दै आगामी दिनमा नेपालबाट सो अनुभव सिक्न आफूहरु उत्सुक भएको मङ्गोलियाका विदेश मन्त्रीले जनाउनुभएको मन्त्री डा महतले जानकारी दिए। सो द्विपक्षीय भेटवार्ता र समझदारी आदानप्रदान कार्यक्रममा परराष्ट्र सचिव शङ्करदास बैरागीसहित मन्त्रालयका उच्च अधिकृत तथा मङ्गोलियाका तर्फबाट भ्रमण दलका सहभागी सदस्यको समेत सहभागिता रहेको थियो । सो अवसरमा मङ्गोलियाका विदेशमन्त्री अर्जिलले अगामी दिनमा मङ्गोलिया र नेपालबीचको सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउन यो भ्रमण भएको बताएका थिए । रासस
सभामुख घर्ती र मङ्गोलियाका विदेशमन्त्री अर्जिलबीच भेट
काठमाडौं, ४ पुस । सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच आज सिंहदरबारमा भेटघाट भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणमा विदेशमन्त्री अर्जिल गएराति काठमाडौं आएका थिए। यसअघि परराष्ट्रमन्त्री डा रामशरण महत र विदेशमन्त्री अर्जिलबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो । सो अवसरमा उनीहरुबीच नेपाल र मङ्गोलियाका द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो । सभामुख घर्तीले भूपरिवेष्टित देशले भोग्नुपरेका समस्या समाधान गर्न दुई देश मिलेर अगाडि बढ्नुपर्ने विचार राखेको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसित विदेशमन्त्री अर्जिलले आजै छुट्टाछुट्टै भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री डा महत दिवाभोज परराष्ट्रमन्त्री डा महतले नेपालको तीनदिने औपचारिक भ्रमणमाव रहेका विदेशमन्त्री अर्जिलको सम्मानमा सोमबार दिवाभोजको आयोजना गरेका छन् । सो अवसरमा उच्च सरकारी अधिकृत तथा भ्रमण दलमा संलग्न सदस्यहरुको सहभागिता रहेको थियो । रासस
गाँजा र चरेस तान्ने हिप्पीदेखि हवाई जहाजबाट हाम्फाल्ने पर्यटककाे नेपाल यात्रा
पहिले पर्यटन भनेको यात्रा हो । त्यसमा पनि गोरा छाला भएका पर्यटकको मात्रै भनेर चिनिन्थ्यो । ज्ञान हासिल गर्न डुल्ने विदेशी मात्रै पर्यटक हुन जो सँग प्रशस्तै पैसा छ र खर्च पनि गर्छ भन्ने गरिन्थ्यो । त्यसको परिभाषा र स्वरुपमा परिवर्तन आएको छ । अहिले पर्यटन भनेको यात्रा र उद्योग मात्रै होइन रहेछ भनेर बुझन् थालिको छ । यो त ज्ञानको भण्डार पनि हो । मानवीय मनोविज्ञान पनि हो भनेर बुझ्न थालिएको छ । हिजोको पर्यटन आज र आजको पर्यटन भोली हुँदैन । गाडीमा आउने गाँजा र चरेस तान्ने हिप्पीदेखि सुरु भएको पर्यटनको ट्रेण्ड परिवर्तन भएर घुमफिर, यात्रा, टुर, ट्रेकिङ हुँदै साहसिक र आन्तरिक पर्यटक भएको छ । अहिले त साहसिकको नाममा हवाई जहाजबाट हाम्फाल्ने, आकासमै कावा खाने पर्यटक आउन थालेको छ । यसर्थ, समय प्राकृति अनुसार पर्यटक आउने र त्यसबाट हुने पर्यटकीय क्रियाकलाप पनि फरकफरक हुन्छ । पर्यटक आउने प्रवृति र स्वरुप परिवर्तन हुँदै जाँदा गन्तव्य परिवर्तन पनि भएको हो । पहिले परम्परागत पर्यटकीय बजार इग्लान्ड, जापान, बेलायत, अमेरिका मात्रै थियो । अहिल भारतीय तथा चिनियाँ बजार प्राथमिकतामा आएका छन् । भारतीय र चिनियाले गर्ने खर्च तथा पहुँचको हिसावले पनि प्राथमिकतामा पर्न थालेका छन् । पहिले विदेशी पर्यकको मात्रै भर पर्ने गरिएकोमा अहिले त आन्तरिक पर्यटक पनि आउन थालेका छन् । आन्तरिकलाई पर्यटक नठान्ने र गोरो छालालाई मात्रै पर्यटक ठान्ने हो भने नेपालको पर्यटनले स्थायित्व लिन सक्दैन् भनेर सबैले बुझन् पनि थाले । नेपालमा सोही अनुसारको मार्केटको पनि खोजि भयो । अहिले आन्तरिक पर्यटक नै अन्तर्राष्ट्रिय पर्यटनको जग हो । गाउँगाउँमा अहिले पर्यटकीय गन्तव्य भनेको छ भने पर्यटकीय महत्व पनि छ । नेपालीको पनि आफ्नै सवारी साधन हुन थालेको छ । सवारी साधान भाडामा लिएर आन्तरिक पर्यटकीय गन्तव्य जान सक्ने क्षमता पनि बढेको छ । राज्यले पनि अहिले घुमफिर वर्ष मनाउँदै आन्तरिक पर्यटकलाई प्राथमिकता दिन थालेको छ । विदेशी होस् वा स्वादेशी पर्यटन क्षेत्रको दायरा फराकिलो बनाउने प्रयास भइरहेको छ । आन्तरिक पर्यटक र वाह्य पर्यटक आन्तरिक पर्यटक विदेशी जस्तो लामो समय र प्याकेजमा घुम्दैन । रमाइलो गर्ने र विदाको समयमा लहलहैमा घुम्ने गरेका छन् । तर, घुम्न निस्किएका आन्तरिक पर्यटकले जति पैसा खर्च गर्छन्, विदेशीले त्यति गर्दैैनन् । विदेशी पर्यटकले कालो चिया र पाउरोटी खाएर दिन विताउँन सक्छन तर आन्तरिक पर्यटले भने खानपानमा निकै खर्च गर्ने गरेका छन् । आन्तरिक पर्यटकलाई ह्वीस्की, मःम, चिकेन करीसहितको स्नाक्स सबै चाहिन्छ । यसको मतलब खानपिनमा आन्तरिक पर्यटकको खर्च निकै धेरै हुन्छ । कहिलेकाँही घुम्ने र खानापानमा रमाउने भएकोले सामान्य भन्दा बढी खर्च गरेका हुन । नियमित घुम्नेको तुलनमा यो सामान्य पनि हो । आन्तरिक पर्यटन भनेको सम्पन्न क्षेत्रबाट विपन्न क्षेत्रमा स्रोत र साधानको परिचालन गर्ने उपयुक्त माध्यम हो । विदेशीले गरेको खर्च तथा आन्तरिक पर्यटकबाट खर्च गरेको एक रुपैयाँ गाउँमा पुगेपछि तीन रुपैयाँ हुन्छ । एउटा विदेशी आउँदा नौ जनाले रोजगारी पाउँछन भन्ने गरिएको छ । विदेशीले गर्ने घुमघाम, ट्राभल, ट्रेक, पर्वतारोहणमा वास्तमै धेरै खर्च हुन्छ । सोल्टीमा आएर ८० डलर तिर्ने मात्रै क्वालीटी टुरिष्ट हो, ठमेलमा आएर २० डलर खर्च गर्ने पर्यटक क्वालीटि हैन भन्ने राज्यको अवधारणा हुनु भएन । अहिले काठमाडौं गेष्ट हाउसमा आएर बस्ने पनि किताव लेख्ने पर्यटक छन् । नेपालको प्रवद्र्धन गर्ने पर्यटक छन् । उसलाई खर्च गराउने आधार बढाउनुपर्छ । होटलको कोठामा लिइने शुल्कै आधारमा गुणस्तरीय हो होइन् भनेर निर्धारण गरिनु हुँदैन । सेवा र शुल्क पर्यटकलाई दिने सेवास्तर र शुल्क भनेको प्रतिस्पर्धामा निर्धारित हुन्छ । बैंककमा पाँचतारे होटल ३५ डलरमा पाउँछन् । होटलको कोठा भने जति सस्तो भएपनि फरक पर्दैन् । खाना खाने, मालसामान बेच्ने, सोभिनियर किनबेचबाट हुन्छ । पर्यटकलाई ल्याएर खर्च गराउँने माध्यम सबैभन्दा धेरै हुनुपर्छ । नेपालको पर्यटन सेवाको गुणस्तर अमेरिकाको भन्दा कम छ्रैन् । अमेरिकाको होटलमा पनि एउटा खाट र कोठा हुने हो त्यसको तुलनामा हामीले पनि सेवा सुविधा दिएका छौं । पर्यटक आउन थालेपछि आफैं गुणस्तर मेन्टेन हुन्छ । पर्यटन क्षेत्र जब हाइटमा जान्छ तव त्यसको भ्यालु हुन्छ । उदाहरणको रुपमा हाम्रो ग्रुपको होटल आठ वटा पुग्नु नै पर्यटकको रुची बढ्नु र सेवा लिने बढेर नै हो । जुन किसिमको रेट लिने हो त्यो स्तर निर्धारण गरेर गर्नु नै धेरै राम्रो हो । आज राम्रो गर्ने र भोली नराम्रो गर्ने पनि हुँदैन । ठमेल गेस्टहाउस नै एउटा व्यक्तिको रुपमा प्रतिनिधित्व गर्ने पर्यटन होइन । समग्र देशको प्रतिनिधित्व नै पर्यटन हो । अहिले फ्री मार्केट इकोनोमिका कारण विदेशी मुलुकसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । हाम्रो देश गरिब होइन्, स्रोत र साधानको पहिचान गर्न नसक्नु चाहिँ हाम्रो कमजोरी हो । हामीले ब्राण्ड र गुणस्तर कायम गर्ने भनेको पनि विश्वसनिय सेवा नै हो । पहिले पर्यटकलाई नेपालमा सेवा दिने अवसर हुनुपर्छ त्यसपछि बजारले नै निर्धारण गर्न सेवा, सुविधा र गुणस्तरण । पर्यटक तान्ने आधार नेपाल बन्जी, प्याराग्लाइड, ट्राभल, ट्रेकिङसहितका साहसिक पर्यटनमा विश्वकै उत्कृष्ट सेवा दिन थालिएको छ । हामीले स्वार्थी पर्यटनको कुरा अहिले गर्नु हुँदैन । आफ्नो स्वर्थमा मात्रै कुरा गर्नु हुँदैन । संकुचित सोच बनाउँनु हुँदैन । प्रतिस्पर्धामा जे पनि राम्रो हुन्छ । नेपालमा दर्जनौ होटल आउँदै छ । प्रतिस्पर्धाले यसको बजार निर्धारण गर्छ । हामीले राम्रो सेवा दिने र धेरे खर्च गर्ने मात्रै ल्याउने कि धेरै ल्याउने अनि सेवा सुविधा पनि बढाउँदै जाने भन्ने हो । यसका लागि सबैभन्दा पहिले चिन्तन हुनुपर्छ । अहिले चिन्तन एक कदम अगाडि र विकास भने एक कदम पछाडि रहेको अवस्था छ । त्यसैले प्रतिस्पार्धामा जसले राम्रो सेवा र सुविधा दिन सक्छ पर्यट त्यहि जान्छन् । नेपाल अन्तर्राष्ट्रिय निकायसँग सेवा सुविधामा प्रतिस्पर्धा गर्न सक्यो भने अवस्था पनि पर्यटक आउँछन् । राज्यलाई गाली गरेर पूर्वाधार बनाएन भनेर आलोचना मात्र गरेर हुँदैन । सीमित स्रोत र साधनले असीमित माग पूरा गर्नुपर्छ । राज्य नालायक भयो भनेर निजी क्षेत्र चुप लागेर बस्ने पनि त हैन । त्यसैले सरकारले आफ्नो ढंगले काम गर्छ हामी व्यवसायी आफ्नै ढंगले जानुपर्छ । मैले पनि त सन् १९९८ मा नेपाल भ्रमण बर्षको कोअर्डिनेटर भएकै हो नि । त्यतिबेला आफूले कति गर्न सकियो र अब कति सकिन्छ भनेर हेर्नुपर्छ । नेपालको पर्यटन स्थापित भएको निजी क्षेत्रले हो । त्यसैले निजी क्षेत्रको सम्मान गर्नुपर्छ । पर्यटन क्षेत्र भनेकै सधै संभावना भएको क्षेत्र हो । नेपाल पनि पर्यटकीय संभावनाकै देश हो । भएको सम्भावनालाई राज्यले पहिचान गरेर सेवा सुविधाको आधार दिनुपर्छ । राज्यले पर्यटमा भएको विशेषज्ञ क्षेत्र पहिचान गरेर जानुपर्छ । वाइल्डलाइफ, ईको टुरिजम, जैविक विविधता, सांस्कृति, धार्मिक विविधतामा जान सक्छौ । हामीले पर्यटकलाई विविधिकरण नै गर्न सकिएको छैन । हाम्रो पर्यटन बग्गीको घोडा जस्तो हो । एउटाले जे ग¥यो त्यहिमा लाग्ने । हामी आफूले नयाँ केही दिन नसक्नु नै अहिलेसम्मको हाम्रो कमजोरी हो । पर्यटक आकर्षण गर्न नयाँ काम गर्दै जानुपर्छ । पर्यटक भनेको नयाँ र फरक क्षेत्र मन पराउने क्षेत्र हो । नेपालको प्राकृतिक सम्पदा रुचाउने पर्यटक धेरै हुन सक्छ । नेपाल विश्वकै सर्वोच्च हिमाल, सबैभन्दा बढी अग्ला हिमाल, कायकिङ, राफ्टिङ, बन्जी, साहसिक पर्यटकीय गतिविधि सबैभन्दा बढी नेपालमा नै गर्न सकिन्छ । संसारकै ठूलो साहसिक पर्यटनको तुलनामा नेपाल पछाडि पर्न सक्ने अवस्था छैन । विदेशले ठूला पूर्वाधार बनाउने र व्यवस्थित गर्न सकेको छ । नेपालमा व्यवस्थित गर्न सकेनौ । सन् २०१८ लाई हिमालय पर्यटन वर्ष भनेर प्रवद्र्धन गर्नुपर्छ । नेपालको पर्यटन सबैभन्दा बढी आशा र भरोसा भएको क्षेत्र हो । सन् १९५२ पछि नेपालमा पर्यटनको ढोका खुलेको हो । पहाड खोल्यो, हिमाल खोल्यो । अनि नेपाल पनि प्रवद्र्धन हुन थाल्यो । नेपालको पर्यटन भनेकै विस्तारै आएको हो । सन् १९६० पछि हिप्पी आउन थाल्यो । नेपालमा गाँजा तान्न पाउने भएकोले यो पर्यटन १० वर्ष रह्यो । त्यसपछि सन् १९७० पछि वाइल्ड लाइफ सुरू भयो । सन् १९८० बाट राफ्टिङ, सन् १९९० बाट प्राकृतिक पर्यटन सुरू हुन थाल्यो । त्यसपछि रैथाने पर्यटक हुँदै अहिलेको अवस्थामा आइपुगेको छ । संसारमा रैथाने पर्यटन सबैभन्दा राम्रोसँग विकास भएको पर्यटन हो । हामीसँग भएको प्रडक्ट बेच्ने पर्यटन नै रैथाने पर्यटन हो । भएकै वस्तु र सेवा बेचेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ । (कुराकानीमा आधारित)