१०६५ जनालाई एक दिनको भत्ता १५ दिनको तलव सरह, भत्तामा सवा करोड खर्चदै उड्डयन प्राधिकरण
काठमाडौं १६, पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मनाउँदै गरेको १८ औं वार्षिकोत्सवबाट यसले आफ्ना कर्मचारीलाई १५ दिनको तलवबराबरको भत्ता बाड्ने भएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीलाई १५ दिनको तलब बराबरको भत्ता दिन स्वीकृति दिएको आज घोषणा हुने प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले बताए । उनका अनुसार कर्मचारीलाई प्रोत्साहन भत्ता वापत यो रकम दिइने भएको छ । प्राधिकरका कर्मचारीले यो वर्षबाट हरेक वर्ष आफ्नै संस्थाको वार्षिकोत्सव मनाउँदा १५ दिनको तलव भत्तावापत पाउने छन् । यस अघि १६ वर्षदेखि प्राधिकरणका कर्मचारीले वार्षिकोत्सव भत्ता बापत जम्मा पाँच सय रुपैयाँ पाउँदैन आएका थिए । कर्मचारीले एक दिनको भत्ता करीब अवा करोड रूपैयाँ खर्च हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कर्मचारीले हरेक वर्ष डिसेम्बर ३१ का दिन मनाउने प्राधिकरणको वार्षिकोत्सवमा एक दिनको भत्ता वापत यो पैसा पाउने भएका छन् । हाल प्राधिकरणमा १०६५ जनाको दरवन्दी भएपछि करीब नौ सय जना मात्रै कार्यरत रहेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी पदपूर्ति भएको अवस्थामा पनि सबैले पाउने यो सुविधा सबै स्थायी कर्मचारीको हकमा लागू हुने छ । यस अघि प्राधिकरणले एक दिनको भत्ता एक महिनाकै तलवरसर अर्थात दुई करोड ४२ लाख रुपैयाँ माग गरेका थिए । अर्थ मन्त्रालयले १५ दिनको तलव बराबरको भत्ता मात्रै स्वीकृत गरेकोले सोही अनुसार हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई आव २०६८र७९ को नाफाबाट १० प्रतिशतसम्म बोनस खुवाउने तयारी गरिरहेको छ । प्राधिकरणका कर्मचारीले अहिले पनि १४ महिनाको तलब पाइरहेकामा अझै एक दिनको वार्षिकोत्सवको भत्ता पनि एक महिनाको तलब बराबार नै माग गरेका थिए। प्राधिकरणका अनुसार आजकै वार्षिकोत्सव कार्यक्रममार्फत कर्मचारीलाई बोनसको पनि घोषणा हुने उल्लेख छ । प्राधिकरण स्रोतका अनुसार दुई वर्ष अगाडि नै प्राधिकरणका विभिन्न पाँच वटा टे«ड युनियन र सात वटा पेशागत संगठनले एक महिनाको भत्ता माग गर्दै १६ औं वार्षिकोत्सव बहिस्कार गरेका थिए । एक दिनको वार्षिकोत्सव मनाउन एक महिनाको तलव भत्तासहितको सबै सुविधा माग गरेपपछि प्राधिकरण संचालक समितिले कर्मचाारीको दबाब थेग्न नसकेर निर्णय पनि गरिसकेको भएपनि औपचारिक लागू भने दुई वर्ष पछि हुँदै छ । कर्मचारीले प्राधिकरणको सुधारको लागि नीतिगत, पेशागत र संस्थागत माग पूरा नगरेको बताउँदै कार्यक्रम बहिस्कार गर्ने बताए । एक महिनाको तलव नपाए आफ्नै संस्थाको जन्मदिन बिर्सिन बाध्य हुने पनि कर्मचारीको चेतावनी यो वर्ष पनि दिएका थिए । प्राधिकरणका कर्मचारीले युनियले गरेको यो माग पूरा भए श्रेणीविहिन कर्मचारीदेखि १२ औं तहका कर्मचारीसम्मका लागि लाभ हुन्छ । प्राधिकरण स्रोतले भन्यो । कर्मचारीको सेवा सुविधा दिने विषय ठीक भएको, संस्थासँग पैसा पनि भएको र वार्षिक अर्ब नाफा कमाउने संस्थाले कर्मचारीको लागि सवा करोड खर्च गर्नु ठूलो विषय नभएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले कर्मचारीको भत्तामा नै त्यति धेरै खर्च गरेर बार्षिकोत्सव मनाउनुको कुनै तुक नभएको पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।
मेलम्चीको पानी काठमाडौं प्रवेशको समय निश्चित, काठमाडौंवासीका ५० हजार धारा जडान अझै अनिश्चित
काठमाडौं १६, पुस । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ काठमाडौंसँग जोडिए पनि काठमाडौंमा धारा निर्माणको काम सकिएको छैन । आयोजनाका अनुसार काठमाडौंमा अझै ५० हजार धारा जडान गर्न बाँकी छ । पहिलो चरणमा काठमाडौं उपत्यकाको रिङरोडभित्र ८३ हजार भन्दा बढी घरधुरीमा आगामी असोजदेखि पानी वितरण सुरु गर्ने आयोजनाको उद्देश्य छ । तर योजनाअन्तरगत उपयोजना निर्देशनालयले घरघरमा पाइपलाईन विस्तार एवम् धारा जडान गर्न सकेको छैन। निर्देशनालयले घरघरमा धारा पर्याउन छ सय ७० किलोमिटर पाइपलाई विस्तार गर्नुपर्छ। तर उसले २०७३ मंसिर मसान्तसम्ममा चार सय ६८ किलोमिटर मात्रै पाइपलाई विस्तार गरेको छ । अन्नपूर्ण पोस्टबाट ।
अमेरिकामा नेपाल विद्यार्थीलाई सहुलियत, डेढ वर्षसम्म काम गर्न अनुमति
फाइल तस्बिर काठमाडौं १६, पुस । अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम गर्न अमुमति पत्र वर्क परमिट दिने भएको छ। यसअघिको सुविधा हालै सकिएका कारण पुनः अवधि लम्ब्याइएको हो। अमेरिकी सरकारले यो सुविधा भूकम्पका प्रदान गर्दै आएको हो। कान्तिपुर दैनिकबाट ।
११ घटना जसले विश्व हल्लाए, वर्ष २०१६ का विश्व हल्लाउने ११ घटना
काठमाडौं १६, पुस । सन् २०१६ विश्वमा एक घटनाप्रधान वर्षका रूपमा चित्रित रह्यो। विश्व राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए। यसै वर्ष अमेरिकाले नयाँ राष्ट्रपति चुन्नेदेखि १७ वर्षसम्म विश्व फुटबल महासंघ (फिफा) मा एकछत्र राज गरेका सेप ब्लाटरलाई विस्थापित गर्दैजियानी इन्फान्टिनो चुनिए भने ब्राजिल र दक्षिण कोरियाका महिला राष्ट्रपति माथि महाअभियोग यसै वर्ष लाग्यो। सन् २०१६ मै अमेरिका र क्युबाबीच पाँच दशकभन्दा अघि टुटेको कूटनीतिक सम्बन्ध सकारात्मक दिशामा अघि मात्रै बढेन लामो समयदेखि अमेरिकाले लगाउँदै आएको आर्थिक नाकाबन्दी हटाएर क्युबाली झण्डा फहराइयो। उत्तर कोरियाको परमाणु कार्यक्रम, भारत–पाक द्वन्द्व, अमेरिका र जापानका शीर्ष नेताले दोस्रो विश्वयुद्धका क्रममा एकअर्काले आक्रमण गरेका स्थानमा जनाएको उपस्थिति, बेलायतको ब्रेक्जिट, फार्क विद्रोहीसँग कोलम्बिया सरकारले गरेको शान्ति वार्ता, क्युबाली समाजवादी नेता फिडेल क्यास्ट्रोको निधनलगायत विषय चर्चामा रहे। फर्केर हेर्दा २०१६ उत्तर कोरियाली वर्कर्स पार्टीको ३६ वर्षपछि भएको महाधिवेशन पनि महत्वपूर्ण परिघटना हो। सन् २०१६ मै विश्वले ठूला दुर्घटना र सिरियाको हिंसाजस्ता घटनाको सामना गर्नुप¥यो। गत २५ डिसेम्बरमा ९२ जना सवार रसियाली विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त भयो। नोभेम्बर २९ मा ब्राजिलको चापेकोएन्स फुटबल टिमका खेलाडीसहित ८१ जना चढेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त हुँदा ५ जनाबाहेक सबैको ज्यान गयो। मे १९ मा पेरिसबाट कायरो जाँदै गरेको विमान दुर्घटना हुँदा ६६ जना र मार्चमा फ्लाई दुबईको विमान रुसको रोस्तोफ–अन–डोनमा अवतरणका क्रममा दुर्घटना हुँदा ६२ जनाले ज्यान गुमाए। रुसी विमान दुर्घटनामा सन् १९२८ मा सोभियत संघका समयमा स्थापना भएको सैनिक ब्यान्डका ६४ जना कलाकार समेत मारिएका थिए। १. दुई अप्रत्याशित मतपरिणाम क) बेलायतको ब्रेक्जिट ख) अमेरिकी राष्ट्रपतिको निर्वाचन २. दुई महिला राष्ट्रपतिमाथि महाअभियोग क) रुसेफमाथिको महाअभियोग ख) पार्क गेउन हेईविरुद्ध महाअभियोग ३ भारत–पाक तनाव ४ जापान–अमेरिका सम्बन्ध ५ टर्कीको असफल सैनिक ‘कु’ ६ उत्तर कोरियाको परमाणु कार्यक्रम ७ फार्कसँगको शान्ति सम्झौता ८ रोड्रिगोको उदय र चीनसँगको सम्बन्ध ९ फिडेल क्यास्ट्रोको निधन वर्ष २०१६ विभिन्न परिघटनाका कारण चर्चित मात्रै बनेन, यसले २०१७ का लागि केही परिघटनाहरूको सिर्जनासमेत गरेको छ। बेलायतको ब्रेक्जिटदेखि दक्षिण कोरियाली राष्ट्रपतिको महाअभियोगसमेत २०१७ मा पुगेर निर्णायक मोडमा पुग्नेछन्। यस्तै, अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामले अमेरिका र रुसबीचको सम्बन्ध तिक्ततापूर्ण बनाइदिएको छ भने चीनसँगको सम्बन्ध पनि चिसिएको छ। वर्षको अन्तिममा अमेरिकाले ३५ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेपछि रुसले पनि ३५ जना अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ। विश्व शक्ति राष्ट्रबीच चुलिएको संघर्षले कस्तो रूप लिन्छ भन्ने हेर्न २०१७ लाई कुर्नुपर्नेछ।
अमेरिकी नागरिकलाई नेपाली पेन्सन, डिभी परेर अमेरिका गएकालाई नेपाल सरकारबाट पेन्सन ?
काठमाडौं १६, पुस । अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका नेपाल प्रहरीका उपरीक्षक प्रमोद खरेलकाबारेमा समाचार प्रकाशित भएपछि उनले राजीनामा दिए। सरकारले एक वर्षअघि नै विदेशी नागरिकता वा पीआर लिएका कर्मचारीलाई जागिर छाड्न वा नागरिकता त्याग्न निर्देशन दिएको भए पनि एसपी खरेल भने चुपचाप बसेका थिए। आगामी फागुन ११ गते सपरिवारर अमेरिका जाने तयारीमा रहेका उनले महानगरीय आयुक्तको कार्यालयमार्फत राजीनामा दिएका थिए। सरकारी निर्देशन अवज्ञागरेको अभियोगमा उनीमाथि कारबाही गर्नुपर्नेमा प्रहरी प्रधान कार्यालयले भने उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालय पठाएको थियो। गृह मन्त्रालयले पनि कुनै प्रष्टिकरण विना नै राजीनामा स्वीकृत गरेको छ। मन्त्रालयले पेन्सन सुविधा सहित उनको राजीनामा स्वीकृत गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। ‘राजीनामा स्वीकृत भएपछि अब एसपी खरेल अमेरिकी नागरिक हुनेछन्। भने उनले नेपाल सरकारबाट पेन्सन पनि पाउने भएका छन्,’ एक उच्च प्रहरी अधिकृतले भने। नेपाल समाचारपत्र दैनिकबाट ।
आइतबारदेखि मोवाइल इन्टरनेटमा टेलिकमको फड्को, फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तैमा
काठमाडौं १६, पुस । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको ‘सफ्ट लन्च’ हुन लागेको हो,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘त्यसैले गर्दा अहिले व्यावसायिक प्याकेज ल्याइएको छैन, प्रवर्द्धनका लागि पुरानै दरमा चलाउन दिने निर्णय भएको हो ।’ ती अधिकारीका अनुसार हाल दोस्रो पुस्ताको मोबाइल सेवा (टुजी) र तेस्रो पुस्ताको मोबाइल सेवा (थ्रीजी) मा लागू भएकै महसुल दर फोरजीका लागि कायम गरिएको हो । शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले टेलिकमले फोरजी औपचारिक रूपमा सुरु गर्नुभन्दा अगाडि नयाँ महसुल दर स्वीकृत गराउने अवस्था छैन । भ्वाइसका लागि भने टुजी र थ्रीजी पोस्टपेड ग्राहकले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म (पिक आवर)का लागि प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले १ रुपैयाँ तिर्दै आएका छन् । यो टेलिकमको नेटवर्कबाट टेलिकममै कल गर्दाको दर हो । यसैगरी बेलुका १० देखि बिहान ६ बजेसम्म भने पोस्टपेड मोबाइलमा ५५ पैसा प्रतिमिनेट तिर्नुपर्छ । थ्रीजी पोस्टपेड र प्रिपेडबाट भिडियो कल गर्दा भने प्रतिमिनेट २ रुपैयाँ र एमएमएस पठाउँदा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । फोरजी सेवाका लागि ग्राहकले पुरानै दरमा सेवा लिन पाए पनि त्यसको गति भने तीव्र हुनेछ । यसको गति ३० देखि ४० मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस) बीच हुने टेलिकमका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले फोरजीका लागि १ सय एमबीपीएस गति तोकेको भए पनि धेरै मुलुकमा ४० एमबीपीएस गतिको इन्टरनेटलाई फोरजीका रूपमा लिने गरिएको छ । भारतमा समेत सेवा प्रदायकले यही गतिमा फोरजी सुरु गरेका छन् । सरकारी स्वामित्वको टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको हो । उच्च गतिको इन्टरनेट हुने यो सेवा विकसित मुलुकमा भने करिब ६ वर्षदेखि सुरु भइसकेको छ । केही मुलुकले पाँचौं पुस्ताको मोबाइल सेवा (फाइभजी) को समेत परीक्षण थाल्ने घोषणा गरिसकेका छन् । चार दिन सित्तैमा फोरजी हाललाई पुरानै दरमा फोरजी चलाउन दिने तयारी गरेको टेलिकमले ग्राहकलाई सुरुका चार दिन भने सित्तैमा फोरजी चलाउन दिने प्याकेज तय गरेको छ । ‘ग्राहकलाई नयाँ सेवाबारे जानकारी दिन पनि यस्तो प्याकेज बनाइएको हो,’ टेलिकमका एक अधिकारीले भने, ‘हामीले ४ दिनका लागि हरेक दिन एकरएक जीबी (गिगाबाइट) डाटा सित्तैमा चलाउन दिँदै छौं ।’ जीएसएम मोबाइलका ग्राहकले एसएमएस पठाएरै यो सेवा लिन सक्ने उनले बताए । जनवरी महिनाभर यो प्रवर्द्धनात्मक योजना लागू भए पनि एकपटक सेवा लिएर चार दिन चलाएका ग्राहकले भने फेरि सित्तैमा चलाउन पाउने छैनन् । कान्तिपुर दैनिकबाट ।
न्यूरोड मोबाइल महोत्सवमा तीन दिनमा १० करोड रुपैंयाभन्दा बढीको कारोबार
काठमाडौं, १५ पुस । नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा ग्राहकहरुको अधिक चहलपहल देखिएको छ । महोत्सव शुरु भएको तेस्रो दिनसम्म ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोनहरु भारी छुटमा अफरसहित किनिरहेका छन जहाँ १० करोड रुपैंया भन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । मोबाइल महोत्सवमा ग्राहकहरुले आफूले चाहेको मोबाइल फोन सूपथ मूल्यमा किन्न पाएको अनुभव सुनाए । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा भव्यरुपमा शुरु भएको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिजका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको छ । पुस १९ गतेसम्म आयोजना हुने मोबाइल महोत्सवमा ग्राहकहरुको सहभागिता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भीड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधि सहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।” संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा क्षेत्रमा आयोजना भईरहेको मोबाइल महोत्सवमा सडकलाई पनि सजाईएको छ भने ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न मोबाइल ब्राण्डहरुले उपहार योजनाका साथमा विभिन्न छुट पनि प्रदान गरिरहेका छन् । महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”
सेवा विकास बैंकको २० प्रतिशत लाभांश पारित, कामना बैंकसँग मर्ज हुँदै
काठमाडौं, १५ पुस । सेवा विकास बैंक लिमिटेडले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको दशौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई सो मात्रामा लाभांश दिने बैंकको प्रस्तावलाई पारित गरेको हो । सभामा बैंक संचालक समितिका अध्यक्ष भिमप्रसाद तुलाचनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा नोक्सान सर्वसम्मत रुपमा पारित भएको छ । बुटवलमा रहेको केन्द्रीय कार्यालय सहित हाल बैंकले १३ वटा शाखा कार्यालय र ७ वटा एटिएम मार्फत ७५ हजार भन्दा अधिक ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ् सेवा दिँदै आएको छ । बैंकले हाल करिब ५ अर्ब २४ करोडभन्दा बढी रुपैयाँ निक्षेप र करिब ४ अर्ब ७४ करोड भन्दा बढि रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै, बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंकसंग मर्जको लागि सम्झौता गरेको छ ।