एनसेलले ल्यायो योण्डर म्युजिक एप, लाखौ गीतहरुमा निःशुल्क पहुँच
काठमाडौ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङं्कसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो । योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले यही शुक्रबार (जेठ १२) बाट विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुरानादेखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन् । यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । अर्थात् एक महिना पश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् । ‘‘आफ्ना ग्राहकका लागि योण्डर म्युजिक एप नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौ । यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो । नेपाली गीत–संगीतहरु सहितको ठूलो सांगीतिक सामाग्रीहरु रहको यो एपले सधै थप सामाग्रीहरु खोज्ने हाम्रा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र नेपाली गीत–संगीत उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रे«शन पश्चात वाइफाइ वा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ । यस एपमा स्न्याप क्याराओके जस्तो अन्तत्र्रिmयात्मक विषेशता रहेको छ, । यसमा ग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् । ‘‘नेपालकै पहिलो म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्नका लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौ । एनसेलका साथमा नेपाली गीत–संगीत उद्योगलाई माथि उठाउदै, योण्डर म्युजिकले पाइरेसीका विरुद्घको लडाईमा आफ्नो भूमिका खेल्ने छ,’’ योण्डर म्युजिक ईङ्कका प्रमुख कार्यकारी अधिकृत एडम किडरोनले भने । ‘‘नेपाली प्रतिभाको विकास, प्रवद्र्धन तथा प्रोत्साहनका लागि आफ्नो सक्रिय सहभागिता जनाउदै, गीतहरु प्रयोग भए अनुसार सम्बन्धित सबैलाई प्रत्यक्ष रुपमा त्यसको लाभ प्रदान गर्न हामी प्रतिबद्ध छौं, जुन नेपालका लागि पहिलो हो ।’’ यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायक कम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्नेछ । नेपाली गीत–संगीत क्षेत्रको प्रवर्धन तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप एनसेलले पनि पिआरबिटी सेवा अन्तर्गत रोयल्टी प्रदान गर्दै आएको छ । हाल एनसेलले १ करोड ५० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । योण्डर म्युजिक एक डिजिटल संगीत सेवा प्रदायक हो जस मार्फत यसका प्रयोगकर्ताहरुले लाखौं गीतहरु बजाउन, डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् । यसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ । उल्लेख्य मात्रामा योण्डर लाईसेन्सको बिक्रीमार्फत मोबाइल सेवा प्रदायकहरुबाट शुल्क उठाई स्मार्ट डिभाइस र मोबाइल योजनामा संगीत सेवा उपलब्ध गराई योण्डर म्युजिकले संगीतको व्यापारलाई अझै लोकतान्त्रिक बनाउदै आएको छ । ती लाइसेन्स बिक्रीमार्फत उठेको शुल्क प्रयोग भए अनुसार कलाकार तथा म्युजिक कम्पनीलाई प्रत्यक्ष अनुपातमा हस्तान्तरण गरिनेछ । यस्तो क्रान्तिकारी रणनीतिले योण्डर म्युजिकलाई प्रयोगकर्ता समक्ष निःशुल्क संगीत पस्किन मद्दत पुग्नेछ । यसबाट प्रयोगकर्ताले बिना सब्सक्रिप्सन बहुआयामिक एप्लिकेसनको आनन्द उठाउन सक्नेछन् । हीयर फरएभर (सधै सुनिरहनुहोस्) मुख्य नारा रहेको योण्डर म्युजिकले स्थानीय बजारमा सकृय रहनको लागि स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरुसँग साझेदारी गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई इन–एप तथा अफलाइन सहभागिताको सुविधा प्रदान गर्नेछ । सन् २०१५ को नोभेम्बरमा मलेशियामा शुरु भएको योण्डर म्युजिकसँग हाल इण्डोनेशिया, बङ्गलादेश र मलेशियामा गरी १० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले निशुल्क आश्वा सेवा दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पनि ग्राहकहरुलाई निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर दिँदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
३१ गतेको निर्वाचन धकेलिदै, नयाँ २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने आयोगको निष्कर्ष
काठमाडौं । निर्वाचन आयोगले हालै सरकारले थपेका स्थानीय तहहरुमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने जनाएको छ । आयोगले यसअघि तोकिए अनुसारका ४६१ वटा स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन वातावरण मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि दोस्रो चरणको निर्वाचन हुनेमा आशंका बढ्दै गएको बेलामा आयोगले पनि आशंकालाई बल पुर्याउने निर्णय गरेको छ । आयोगले एक विज्ञप्ति जारी गरी परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छापेर सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्था मिलाउन नसकिने जनाएको छ । त्यस्तै जेठ १५ गते सम्म नयाँ संरचना अनुसार निर्वाचन अधिकृतको कार्यालय खोल्न सक्ने अवस्था समेत नरहेको आयोगले जनाएको छ । मन्त्रिपरिषदले स्थानीय तह थप्ने निर्णय गरेपनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट नयाँ संरचनाको विवरण हालसम्म औपचारिक रुपमा नपाएको आयोगका आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले बताए । दोस्रो चरणमा ४६१ वटा स्थानीय तह रहेकोमा सरकारले जेठ ८ गते २ महानगरपालिका सहित २२ वटा तह थप्ने र २४ वटा गाँउपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई बैधानिक तरिकाबाट सरकारले अझैसम्म राजपत्रमा सूचना प्रकाशित नगरेको आयोजको भनाई छ ।
रेनोको नयाँ लजी स्टेपवे रेन्ज नेपाली बजारमा, मूल्य ३९ लाख ९५ हजार रुपैयाँ
काठमाडौं । नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्दछ । नेपाली बजारमा नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडिको प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ, जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण (७ र ८ सीट अप्सनमा उपलब्ध) मा उपलब्ध छ । लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध रहेका कम्पनीले जनाएको छ । एमपीभी सेगमेन्ट नेपाल ग्राहकहरुलाई जो आकर्षक मूल्य प्रस्तावको बारेमा ध्यान दिन्छन, उनीहरुलाई सम्बोधन गर्दछ । यो लाइनमा, रेनोले आकर्षक स्थान बनाएको घोषणा गरेको छ । जसले एसयूभीको जस्तो यात्रा तथा संचालन, शक्ति, सस्पेन्सन तथा ग्राउण्ड क्लियरेन्सको अनुभव दिँदै लागत न्यूनिकरण गर्न अधिक माइलेज, न्यून मर्मत खर्च, सुपरियर ड्राइभ परफरमेन्स प्रदान गर्दछ । भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुले यसको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडिलाई प्राथमिकता दिन्छन् । कम्पनीले नेपालमा पनि टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुबाट सोहि किसिमको प्रतिकृया प्राप्त गर्ने अपेक्षा राखेको छ । सुरक्षामा बिना कुनै सम्झौता रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व हो । कयौं सक्रिय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनोल्टका गाडिहरु उपलब्ध छन् । कयौं सुरक्षा संयन्त्रहरुका साथसाथै, रेनो लजी स्टेपवे सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगर, लगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरु यस कारमा राखिएका छन् । यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो उच्च श्रेणीका कारहरुमा मात्र राखिएको हुन्छ ।
राष्ट्रपति भण्डारीद्वारा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका-संसद्मा सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए । मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् । निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ । प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गरेका भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा नेकपा (एमाओवादी केन्द्र)का अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा २०७३ साउन २० गते नयाँ सरकार गठन गरेका थिए । वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।
विद्युतीय सञ्चारमाध्यमको अभिमुखीकरण कार्यक्रम
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले विद्युतीय सञ्चारमाध्यमको नियमनबारे दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहमा विद्युतीय सञ्चारमाध्यममा समन्वय, सञ्चालन र व्यवस्थापनका लागि आयोजना गरिएको अभिमुखीकरणमा विभिन्न जिल्लाका जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख, केबल नवीकरण र नियमन निकायका अधिकारीलगायत २९ जनाको सहभागिता छ । अभिमुखीकरण शुभारम्भ गर्दै सञ्चार सचिव महेन्द्रमान गुरुङले हुलाक कार्यालयको क्षेत्राधिकार बढाउने तयारी भइरहेकाले कार्यालय प्रमुखलाई यस्ता कार्यक्रमले थप सहयोग मिल्ने बताए । ब्रोडकास्टीङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झा र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले वितरण गरिने रेडिया फ्रिक्वेन्सीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
३० मेगावाट क्षमताको चमेलिया आयोजनाकोे निर्माण कार्य शुरु, साँढे ८ अर्ब रुपैयाँको लगानी
बैतडी। दार्चुलाको शैल्यशिखर नगरपालिका-१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै शुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम शुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ड्राइटेस्टका लागि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन लागेको उनले जानकारी दिए । “प्राविधिक टोलीले जडान गरिएका उपकरणले सही ढङ्गले काम गरेको छ कि छैन भनी परीक्षण गर्नेछ,” उनले भने । यसअघि जेठ पहिलो साता काम शुरु गर्ने भने पनि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन ढिलाइ भएपछि परीक्षणको काममा ढिलाई भएको हो । मुख्य क्षेत्रका उपकरणबाहेकका अन्य क्षेत्रमा ड्राइटेस्टको काम सुरु भइसकेको दाहालले बताए । उनले भने -“ब्रेकरलगायतका उपकरणको ड्राइटेस्ट भए पनि मेन टर्बाइन ड्राइटेस्टको काम कोरियाली प्राविधिक आइसकेपछि मात्रै हुन्छ ।” ड्राइटेस्टको कामबाहेक अहिले आयोेजनाको ड्याममा पानी भर्ने, सुरुङ भेरिएसनका लागि खनिएका सहायक सुरुङहरु पुर्ने काम, मुख्य सुुरुङको सफाइलगायत प्रसारण लाइनदेखि दायाँ बायाँ नौ÷नौ मिटर गरी १८ मिटरसम्मका रुख काट्ने काम भइरहेको छ । करिब चार वर्षअघि निर्माण सम्पन्न भएको प्रसारण लाइनमा हावाहुरीका कारण रुख ढलेर क्षति पुर्याएको थियो । “आयोजनाको १३१ किमी राष्ट्रिय प्रसारण लाइन विस्तारलाई असार मसान्तसम्म सक्ने लक्ष्य रहेको छ,” दाहालले भने । नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयले आयोजनाको काम समयमै सक्न निर्देशन दिएको छ । आगामी पुसमा आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माण कार्यले तीव्रता पाएपछि आयोजनाका सबै काम कात्तिक मसान्तसम्ममा सकेर उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले बताए। सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाइना गेजुुवा गु्रप अफ कम्पनिज् (सिजिजिसी)लाई एक महिना चाँडै गरेर सेप्टेम्बर अघि नै काम सक्न आग्रह गरिएको दाहालको भनाइ छ । आयोजनामा आर्थिक विकास साझेदारी कोष (इडिसिएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ । विसं २०६३ पुसमा आयोजनाको सिभिलतर्फको सबै काम चिनियाँ कम्पनी सिजिजिसीलाई दिइएको थियो । आयोजनाको निर्माण कार्यमा ढिलाइ, भौगोलिक रुपमा टाढा रहेको, बैतडी र दार्चुलामा प्रसारण लाइन विस्तार गर्दा लागत खर्च बढेको दाहाल बताउछन् । आठ अर्ब ५० करोड रुपैयाँको लगानीमा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना निर्माण कार्य आगामी वर्षको पुसमा सकिने छ । विसं २०६८ सम्म निर्माण गरिसक्ने लक्ष्य लिएपनि सुरुङ खुम्चिएकाले लक्ष्यभन्दा पाँच वर्षपछि मात्रै निर्माण सम्पन्न हुन लागेको हो । गत वर्ष मङ्सिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माघ महिनामा ऊर्जा मन्त्री जनार्दन शर्माले चमेलियाको स्थलगत निरीक्षण गर्दै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए । रासस
नेपालको मार्केटिङ हाम्रो जिम्मेवारी- राजदुतहरु
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश, म्यानमार, साउदी अरेबिया र स्पेनकालागि नवनियुक्त राजदुतहरु क्रमशः प्रा.डा. चोपलाल भुसाल, भिम कुमार उदास, प्रा.डा. महेन्द्र प्रसाद सिंह र भरत बहादुर रायमाझीसँग बिहीवार नेपालउद्योग परिसंघका पदाधिकारीबीच भेटवार्ता भएको छ । परिसंघ सचिवालय थापाथलीमा भएको छलफल कसरी सम्वन्धित देशहरुसँग नेपालको आर्थिक तथा व्यवसायिक संबन्ध र विस्तार गर्न सकिन्छ र त्यसका लागि निजी क्षेत्रले कसरी प्रभावकारी भुमिका निर्वाह गर्न सक्छ भन्नेमा केन्द्रित थियो । छलफलमा परिसंघका कार्य वाहक अध्यक्ष सतिषकुमार मोरले राजदुतहरु जान लागेका देशसँग पनि नेपालको आर्थिक तथा सामाजिक सम्वन्ध विस्तारित हुँदै गएकाले ती देशहरुमा व्यापार तथा पर्यटन व्यवसायलाई नयाँ उचाईमा पुर्याउनु पर्ने बताएका छन् । बंगलादेश र नेपालकाबिचमा व्यापार तथा पारवहनका क्षेत्रमा गर्न पर्ने थुप्रै काम रहेकाले महामहिम राजदुतले त्यसका लागि सहयोग गर्नु पर्ने परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए । खास गरि पारवहन मार्ग र विद्युत प्रसारण लाइनमा उपलब्धी हासिल गर्न सके बंगलादेशी लगानी नेपाल भित्राउन सहयोग पुग्ने उनको भनाई थियो । परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवालले आर्थिक कुटनीतिमार्फत देशमा लगानी आकर्षित गर्न तथा व्यापार र पर्यटन विस्तारमा जोड दिनु पर्ने बताए । अन्य देशहरुले राजदुत तथा वाणिज्य दुतहरु नियुक्त गर्दा नै उनीहरुको कार्य सम्पादन मूल्यांकनकालागि परिसूचकहरु बनाएर पठाउने गरेको प्रसंग उल्लेख गर्दै अग्रवालले भने हामीले आफ्नै पहलमा भएपनि आवधिक रुपमा यो यो गर्छु भनेर लक्ष्यहरु निर्धारण गर्ने बानीबसाले काम गर्न सजिलो हुने बताएका छन् । परिसंघका अर्का उपाध्यक्ष निर्वाण चौधरीले व्यापार तथा व्यवसायिक साझेदारी विस्तारकालागि उद्योगी व्यवसायीहरुले आफै पहल गर्ने भएपनि संवन्धित देशका सरकारी निकायतथा व्यवसायिक जगतहरुसँग सहकार्य गर्ने क्रममा समन्वय गरेर सहयोग गर्नु पर्ने बताए । आगामी दिनमा जलविद्युत, पूर्वाधार निर्माण र पर्यटन उद्योगमा लगानी विस्तारका लागि नवनियुक्त राजदुतहरुले समन्वय गरे त्यसका लागि हातेमालो गर्न परिसंघ सदैव तयार रहेको कार्यवाहक अध्यक्ष मोरले बताए । नेपालमा प्रयाप्त सम्भावना भएपनि उचित बजारिकरणको अभावमा निर्यात व्यापार र पर्यटन विस्तार हुन नसकेको देखिएको अवस्थामा आफुहरु नेपालको मार्केटिङ गर्न उपलब्ध सबै उपाय र स्रोतको उपयोग गर्ने राजदुतहरुको भनाई थियो । परिसंघका पदाधिकारी, गभर्निङ काउन्सील एवं राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको उक्त भेटवार्तामा बंगलादेशकालागि नवनियुक्त राजदुत भुसालले आफ्नो प्राथमिक उद्देश्य देशको उचित प्रतिनिधित्व गर्दै नेपालको आर्थिक विकासकालागि केही भएपनि सहयोग पुर्याउने भएको बताए । साउदी अरबकालागि नेपाली राजदुत सिंहले व्यापार व्यवसाय विस्तारमा सहयोगकालागि उद्योगी व्यवसायीहरुले राजदुतहरुलाई घच्घच्याई रहनु पर्ने बताए । त्यसैगरी, स्पेनकालागि नियुक्त रायमाझीले पर्यटन प्रवद्र्धनमा आफ्नो ध्यान केन्द्रितगर्ने प्रतिवद्धता व्यक्त गरे । म्यानमारकालागि नेपाली राजदुत उदासले त्यहाँ उपलब्ध प्रचुर व्यावसायिक सम्भावनाबाट नेपालीले कसरी अधिकतम लाभ लिन सक्छन् भन्नेमा आफुले काम गर्ने योजना बनाएको बताए ।