विकासन्युज

उर्जा बैंक स्थापना गर्न भारतको ‘ग्रीन सिग्नल’, सचिवस्तरिय बैठकमा छलफल हुँदै

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंक स्थापनका लागि भारतसंग प्रस्ताव गरेको छ । गत साता भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदन–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी) बैठकमा नेपाल विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेच्ने र हिउँदमा किन्ने गरी ऊर्जा बैंक स्थापनाको प्रस्ताव गरेको हो । नेपालको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । आदनप्रदान समिति बैठकले आउदो नेपाल–भारत सचिवस्तरिय संयुक्त स्थायी समिति बैठक (जेसीडब्आर) मा छलफल गर्ने सहमति भएको उनले जानकारी दिए । विद्युत प्राधिकरणले आफनो तर्फबाट राखेको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको उनको भनाई छ । आउदो जेडीडब्आर बैठकमा यस विषयमा सहमति हुने संभावना रहेको उनले जानकारी दिए । आउदो सचिवस्तरिय बैठकमा उत्तरप्रदेशबाट नेपाल जोड्ने १३२ केभी क्षमताका ३ वटा प्रसारणलाइन र २ वटा ३३ केभी प्रसारणलाइन निर्माणको विषयमा पनि छलफल हुने अधिकारीले बताए । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंकि स्थापनाको अवधारणा ल्याएको हो । माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षेप्रणका आधारमा प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंक स्थापना गर्न लागेको अधिकारीले स्पष्टपारे । कुलेखानी बाहेक सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका भएकाले मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर विद्युत उत्पादनमा ७० प्रतिशतसम्म कमी आउने गरेको छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था छ । सरकारले चालु आवमा विद्युत उत्पादन ८ सय थप गर्ने लक्ष्य लिएको छ । गत आवमा ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएपछि जडित क्षमता ९८० मेगावाट पुगेको छ । हालसम्मको उत्पादन गरी ३ वर्षभित्र विद्युतको उत्पादन जडित क्षमता २ हजार १ सय मेगावाट नाघने अनुमान गरिएको छ । आउदो ०७५ सालको असार अन्तिमसम्म बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिटबाट बिजुली उत्पादन हुदैछ । सोही वर्षको मंसिरसम्म तामाकोसीको ५ वटै युनिटको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्धारित लक्ष्यमा केही महिना ढिलाइ भएपनि ०७५ भित्र तामाकोसी पुर्ण रुपमा सञ्चालनमा आइसक्ने छ । योजनामा रहेको निर्धारित आयोजना सम्पन्न भएमा आउदो सन् २०२१ को अन्त्यसम्ममा भारतबाट बिजुली आयात बन्द हुनेछ । केही वर्ष ऊर्जा बैकिङमार्फत ऊर्जा आपूर्तिलाई सन्तुलनमा ल्याई आगामी सन् २०२१ को अन्त्यदेखि भारतबाट बिजुली आयात बन्द गर्ने योजना तयार भएको अधिकारी बताउछन् । नेपाल–भारत अन्तरदेशिय प्रसारणलाइन अन्र्तगतको ढल्केबर सवस्टेशन आउदो कात्तिकभित्र २२० केभीमा सञ्चालनमा आउने छ । ढल्केबरमा कम क्षमताको सवस्टेशनका कारण हाल १३२ केभीबाट १४५ मेगावाटसम्म विद्युत प्रवाह भइरहेको छ । २२० केभीमा चार्ज भएपछि सो लाइनबाट २ सय मेगाावाट बिजुली आदनप्रदान गर्न सकिने छ । आगामी २ वर्ष भित्र सवस्टेशनलाई ४ सय केभीमा स्तरोन्नोती गर्ने लक्ष्य लिइएको छ । ४ सय केभीमा स्तरोन्नोती भएपछि १ हजार २ सय मेगावाट बिजुली आदनप्रदान हुने छ । लोडसेडिङ हटाउन यो वर्ष मात्र भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य प्राधिकरणको छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । विद्युत आदनप्रदान समिती बैठकले नेपाललाई थप १ सय मेगावाट बिजुली दिने सम्झौता गरेको छ । ३ वर्षमा विद्युत् प्राधिकरण अन्र्तगतको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर लिमिटेड अन्र्तगतको १११ मेगावाटको रसुवागढी, १५ मेगावाटको सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना सम्पन्न हुदैछन् । यस्तै विद्युत प्राधिकरणले आफनो लगानीमा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउदो ६ महिनामा सम्पन्न हुदैछन् । यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको माथिल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, ८६ मेगावाटको सोलु दुधकोसी, २३.५ मेगावाटको माथिल्लो सोलु, सिंगटी, खारे खानीखोलालगायत झण्डै २ दर्जन आयोजना आउदो ३ वर्षमा सम्पन्न हुदै छन् । लिखु नदीमा १५७ मेगावाट क्षमताका ३ वटा आयोजनाको निर्माण सुरु भएको छ । विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको त्रिशुली ३ ए आयोजना ३ वर्षमा सम्पन्न हुदै छ । आगामी हिउँददेखि १४० मेगावाटको तनहुँ अर्धजलासययुक्त आयोजनाको काम सुरु हुदै छ ।

माहुली सामुदायिक लघुवित्तको ४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । आइतबार मात्रै कम्पनीको सो मात्राको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको हो ।

चिनियाँ टोलीद्धारा नुवाकोटकाे साततले दरबार क्षेत्रको अध्ययन हुँदै

नुवाकोट । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक साततले दरबार क्षेत्रको पुनःनिर्माणको जिम्मा लिएको चीनले नुवाकोट दरबार क्षेत्रको अध्ययन गर्न थालेको छ । चिनियाँ वरिष्ठ इञ्जिनीयरको टोलीले दरबार क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माणका लागि प्राविधिक अध्ययन थालेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए । चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज नामक संस्थाका तर्फबाट वरिष्ठ इञ्जिनीयरसहितको आठ जनाको टोलीले दरबार क्षेत्रको अवस्था सर्भे गर्न थालेको कार्यालय प्रमुख फुयाँलले बताए । “गत साता नुवाकोट दरबार क्षेत्रको तुलजा भवानीको मन्दिर भत्किएको समाचार सार्वजनिक भएपछि चिनियाँ टोलीले चासो दिएको हो” फुयाँलले भने, “नुवाकोटको पुरातात्विक संरचना जोखिममा रहेको निक्र्योल गरी टोली लागत इस्टिमेटका लागि आएको हो ।” अहिले टोलीले साततले दरबार र दरबार क्षेत्रको आधा दर्जनभन्दा बढी पुरातात्विक महत्वका मठमन्दिर र दरबारको अध्ययन गरिरहेको छ । चिनियाँ टोलीले साततले दरबार, गारद घर, रंगमहल, तुलजा मन्दिर, लामपाटी, सेतापाटी, नारायण मन्दिर र विष्णु मन्दिरको सर्भे गर्न प्रारम्भ गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले विसं १८१९मा पृथ्वीनारायण शाहद्वारा निर्मित साततले दरबार क्षेत्रको पुरातात्विक महत्वका संरचनाको क्षति पुर्याएको थियो । दरबार क्षेत्रको प्रमुख आकर्षण साततले दरबारमा क्षति पुगेको छ भने तुलजा मन्दिर, गारद घरलगायत भने भत्किएको छ । भूकम्प गएको २७ महिनासम्म पनि पुनःनिर्माणमा चासो नहुँदा दरबार बर्खाको पानीले गर्दा कमजोर बन्दै गएकाले तत्काल पुनःनिर्माण गर्नुपर्ने फुयाँलले बताए । नुवाकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल दरबार क्षेत्रका सम्पदाको तत्काल पुनःनिर्माण नगर्ने हो भने सम्पदा नै नष्ट हुने भएकाले सरकारले प्राथमिकता दिनुपर्ने नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए । “जुन देशले सहयोग गर्ने भनेको छ त्यो देशलाई तत्काल काम गर्ने वातावरण बनाउनुपर्छ” उनले भने, “भूकम्पले थङथिलो भएको सम्पदाले दुई बर्खा झेलिसकेको छ । बर्खाको पानी पसेर भएको संरचना पनि भत्किन थालेको छ ।” गत साता दरबार क्षेत्रमा रहेको मल्लकालीन तुलजा भवानीको मन्दिर अविरल वर्षाका कारण भत्किन थालेको छ भने गारद घर पनि भत्किन थालेको छ । दरबार क्षेत्रका सम्पदामध्ये भैरवी मन्दिर मात्र पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । रासस

नारायणगढ-मुग्लिन र मुग्लिन-नौबिसे सडक अवरुद्ध, यात्रु अलपत्र

चितवन । अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ । शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए । ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताए । सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । यस्तै, पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ । शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन् । गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले बताए । तीनवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको झाले बताए । रासस

राहत तथा उद्धारमा खट्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई आग्रह गरे । केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रुपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले लनागरिकको जीउधनको रक्षा गर्न, उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पूर्वप्रधानमन्त्री दाहालले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेका छन् । यस्तै माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ । वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरिएको जानकारी दिए। अनेरास्ववियु (क्रान्तिकारी)ले पनि बाढी तथा पहिरोपीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिएका छन् । रासस

राजमार्ग अवरुद्ध, राहत र उद्धारमा समेत कठिनाइ

मलेखु । पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबेँसी–काठमाडौं यातायात पहिरोका कारण अबरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए । गजुरी गाउँपालिकाको गौदीमा,बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङमा र ज्यामिरेघाटमा आएको पहिरोले यातायत सेवा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार पृथ्वीराजमार्गको साना÷साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ । आज बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ ना को जिपलाई पुरेपनि यात्रुभने सुरक्षित रहेका छन् । यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पु¥याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । पैदलमार्ग बाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्ग समेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो । हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पुर्याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताए । उत्तरी धादिङको पैदलमार्ग समेत अवरुद्ध पहिरोले उत्तरी धादिङ जोडने पैदल मार्ग अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षाका कारण पैदल मार्ग अवरुद्ध भएपछि उत्तरको झार्लाङ, लापा, सेर्तुङ र तिप्लिङमा आवतजावत बन्द भएको छ । दुई दिनअघि हिन्दूङगाउँमा खसेको पहिरोका कारण उद्धारमा कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको हिन्दूङगाउँवासी दुई दिनदेखि नै गाउँ छाडेर अन्यत्र बसेकाले राहतको प्रतिक्षामा रहेको सोही स्थानका धनसिं तामाले टेलिफोनबाट जानकारी दिए । सदरमुकामबाट हिँडेर जानेबाटोको ठाउँ-ठाउँमा पहिरो गएको छ । लपाफेदी, धार्ना, डुन्डुरे, सेर्तु, स्याम्बोफोमा पहिरोले मानिस हिँड्न मिल्ने अवस्था छैन । पहिरो गएको स्थानमा वैकल्पिक बाटो नभएको र पानी नरोकिएसम्म पैदलमार्ग बनाउन नसकिने सेर्तुका विजय तामाले बताए। रासस

एतिहासिक दरबार हाई स्कुल जिर्ण, कहिले सकिन्छ पुनःनिर्माण ?

काठमाडौं । नेपालको पहिलो विद्यालय दरबार हाई स्कुल भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि जिर्ण अवस्थामा छ । स्कुलको अझै पुननिर्माण हुन सकेको छैन । राणा कालमा स्थापना भएको स्कुल एक जमानामा चर्चित थियो । भुकम्पपछि स्कुल हेर्न पनि लायक नरहेको अवस्था छ । उक्त स्कुलमा विद्यार्थीको संख्यामा पनि कम हुँदै गएको छ । भूकम्प अघि ४८० को हाराहारीमा विद्यार्थीको संख्या थियो तर भूकम्प पछि विद्यार्थीको संख्या घटेर ४ सय को हाराहारीमा छ । विद्यार्थीको संख्या यसरी नै घट्दै जाने हो भने स्कुल इतिहासमा मात्रै सिमित नरहला भन्न सकिन्न । स्कुलको भवन यति सम्मको जिर्ण अवस्थामा छ की विद्यार्थीहरु ट्रसमा बसेर पढ्न बाध्य छन् । स्कुलका विद्यार्थीलाई दिइने सेवा सुविधा सरकारले व्यहोर्दै आएपनि भौतिक संरचनामा नै समस्या आएपछि विद्यालयमा विद्यार्थी घट्दै गएर इतिहासमा मात्र ‘एउटा विद्यालय थियो रे !’ भन्ने अवस्था आउन लागेको स्कुलका शिक्षक बताउछन् । चीन सरकारले स्कुल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । स्क’लको संरचना भत्किएको ३ वर्ष भयो तर अहिलेसम्म पुनःनिर्माणको कार्य अघि बढेको छैन । चीनले उक्त स्कुलको माटो परिक्षण २ महिना लगाएर गरिसके पनि पुननिर्माणको काम भने असोजदेखि सुरु हुने स्कुलका सहायक प्रधानाध्यापक अखिलेस आजाद बताउछन् । सहायक प्रधानाध्यापक आजातको भनाइ अनुसार पुननिर्माणको कार्य सम्पन्न गर्नको लागि चीनले डेढ वर्षको समय सीमा तोकेको छ । उक्त विद्यालय पुननिर्माण गर्न २५ करोड रुपैयाँ बढी लाग्ने उनले बताए । स्कुलले एतिहासिक रुपमा नेपाली तथा संस्कृत विषयलाई प्राथमिकतामा राखेकोमा पछिल्लो समयमा सरकारले नर्सरीदेखी कक्षा ४ सम्म अनिवार्य रुपमा अंग्रजी माध्यमबाट पढाई हुँदै आएको छ । कक्षा ५ देखी १० सम्मका विद्यार्थीले भने आफुलाई इच्छा लागेअनुसार नेपाली अंग्रेजी दुइवटैै माध्यमबाट पढ्न पाउने व्यवस्था छ । संस्कृत विषय भने एच्छिक विषयमा समावेस गरिएको छ । उक्त स्कुलमा एनसीपी भन्ने संस्थाले गरीब तथा प्रभावित विद्याथीहरुलाई सहयोग गर्दै आएको छ । कापी, कलम, तथा खाजा प्रदान गर्दै आइरहेको छ । सरकारको स्वामित्वमा चलेको विद्यालय हुनाले प्राय गरेर निःशुल्क शिक्षा मात्र नभएर छात्रवृत्ति समेत प्रदान गरेको छ। यति सबै हुँदाहुदै पनि उक्त स्कुलमा विद्यार्थीको संख्यामा भने कमी देखिएको आजाद स्वीकार्छन । निजी स्कुललाई पनि सरकारले नै स्वीकृति दिएर चलाएको हुन्छ तर सरकारी स्कुलको तुलनामा विद्यार्थी निजी स्कुल बढी मात्रामा जाने गरेको पाइन्छ । “सरकारी विद्यालयमा पनि शुल्क लाग्ने भए दुबै स्कुलको महत्व रहनुको साथै सरकारी विद्यालमा पनि विद्यार्थीको कमी हुने थिएन” उनी भन्छन् “अहिलेकै अवस्थामा स्कुल रहिरहने हो भने सो स्कुल लोप नै भएर जान्छन् ।” स्कुलमा कक्षा ३ मा पढ्ने सुष्मा रसाइलीलाई किन यो विद्यालय पढेको ? भनेर प्रश्न गर्दा उनी भन्छिन् “ यहाँ निःशुल्क पढाइ हुन्छ, कुनै-कुनै किताब मात्र किने पुग्छ त्यसैले, राम्रो लाग्छ ।’ त्यसैगरी, सोही स्कुलका कक्षा ९ मा पढ्ने जीतु सुनार भन्छन् ‘भवन भत्किएको हुनाले विज्ञानको प्रयोगात्मक परीक्षण गर्न भने भवनको माथिल्लो तलामा जान पर्ने हुन्छ तर सो तलामा जान सकीने अवस्था छैन ।’ भवनको जिर्ण अवस्थाले विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिन्छ । अतः समयमा नै पुनःनिर्माणको कार्य अघि बढे मात्र दरबार हाई स्कुल आफ्नो अस्तित्वमा आउला भन्न सकिन्न ।          

वाईवाई नूडल्सले पायो ‘मार्की अवार्ड २०१७’

काठमाडौं । वाईवाई नूडल्सले भारतको ख्याती प्राप्त ‘मार्की अवार्ड २०१७ प्राप्त गरेको छ । मुंवई मादि एडभरटाईजिङ क्लबद्वारा आयोजित समारोहमा भारतीय वस्त्र, सूचना एवं प्रसारण मन्त्री स्मृती इरानीले उक्त अवार्ड सिजीकर्प ग्लोबल काकार्यकारी निर्देशक बरुण चौधरीलाई प्रदान गरेकी हुन् । भारतीय बजारमा आफ्नो सशक्त उपस्थिती बढाउदै जादा वाईवाईलाई उक्त सफलता प्राप्त भएको बताउँदै वाईवाई अहिले भारतीय नूडल्स बजारमा दोस्रो सशक्त ब्राण्ड भएको सीजी कम्पनीले जनाएको छ । छोटो समयमा भारतीय उपभोक्ताको मन जित्न सफल यो ब्राण्डलाई भारतमा तिब्र गतिमा विस्तार भईरहेको ब्राण्डका रुपमा लिनुको साथै, हाल वाईवाईले भारतीय नूडल्स बजारको २७ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ । अवार्ड वितरणका लागि आयोजित समारोहमा बोल्दै प्रशारण मन्त्री इरानीले अवार्ड विजेता वाईवाईलाई बधाई दिइन् । वाईवाईले भारतका अन्य चर्चित ब्राण्डहरूसँगको प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्दै अवार्ड जित्न सफल भएको कम्पनीको दाबी छ । ‘वाईवाईलाई विश्वब्यापी प्रतिष्ठित ब्राण्ड बनाउने हाम्रो प्रयासमा माक्र्यू अवार्डबाट थप हौसला प्राप्त भएको जानकारी दिइएको छ । यसको श्रेय म सम्पूर्ण वाईवाईका उपभोक्ताहरूलाई दिन चाहान्छु’, कार्यकारी निर्देशक बरुण चौधरीले भने । वाईवाई अफ्रिका, मध्यपूर्व र एसियाका विभिन्न ठाउँहरूबाट उत्पादनगर्ने योजना कार्यान्वयनमा भएको चौधरी ग्रुपले जानकारी दिएको छ ।