काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणको टोलीमा सहभागी नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारी र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेबीच द्विपक्षीय आर्थिक सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको छ ।
नयाँ दिल्लीस्थित प्रधानमन्त्री शाह बस्नुभएको होटेलमा आइतबार उक्त भेटवार्ता सम्पन्न भएको हो । छलफलका क्रममा दुई देशबीचको व्यापार, लगानी प्रवद्र्धन तथा आर्थिक सहकार्यलाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा विचारविमर्श भएको थियो ।
उक्त छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी तथा उपाध्यक्ष राजबहादुर शाहको सहभागिता रहेको थियो ।