सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बन्न दरखास्त आह्वान

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको अध्यक्ष पदमा नियुक्ति सिफारिस समितिले प्रतिस्पर्धात्मक प्रणालीबाट योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाएको हो ।

समितिले इच्छुक तथा योग्य व्यक्तिलाई आगामी मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्न आग्रह गरेको छ ।

दरखास्त फाराम, आवश्यक योग्यता तथा संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट moic.gov.np र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट psbnepal.gov.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ । 

Share News