लघुवित्त क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने छिमेक लघुवित्त सम्मानित

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सरकारले छिमेक लघुवित्तलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।

लघुवित्त क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरी राज्यको राजस्वमा योगदान पुर्याएको भन्दै संस्थालाई सम्मान गरिएको हो । 

Share News