१९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्यको ओरालो यात्रा कायमै रहेको छ । 

नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । 

हिजो सुन मूल्य तोलामा २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३० रुपैयाँले घटी ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको हो ।

सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी

Share News