काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। मंगलबार (आज) काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।
सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । कर दिवसका अवसरमा करदातालाई करप्रति प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न विधामा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गर्ने गरिएको छ ।
यस वर्ष निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल सम्मानित हुँदा वस्तु निर्याततर्फ डाबर नेपाल प्रालिले सम्मान प्राप्त गरेको छ ।
त्यस्तै, सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि र बैंकिङ क्षेत्रतर्फ नबिल बैंक लिमिटेड सम्मानित भएका छन् ।
स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमा सोल्टी होटल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालिले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको सम्मान पाएका छन् ।
वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्म गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ । ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड र व्यक्तिगत आयतर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।
त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिष्टिलरी लिमिटेड, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि सम्मानित भएका छन् ।
जीवन बीमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्मान प्राप्त गरेका छन् ।
राष्ट्रिय कर दिवसमा सम्मानित १९ करदाता
१. निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने: सूर्य नेपाल प्रालि
२. एकलौटी फर्ममध्ये: थर्ड आई इन्टरनेशनल
३. वस्तु निर्याततर्फ: डाबर नेपाल प्रालि
४. सूचना प्रविधि सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल
५. कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड्स प्रालि
६. बैंकिङ क्षेत्रतर्फ: नबिल बैंक लिमिटेड
७. स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड
८. पर्यटन व्यवसायतर्फ: सोल्टी होटल लिमिटेड
९. वस्तु व्यापारतर्फ: सीजी इम्पेक्स प्रालि
१०. ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि
११. ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी प्रालि
१२. रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ: आईएमई लिमिटेड
१३. व्यक्तिगत आयतर्फ: राजबहादुर शाह
१४. मूल्य अभिवृद्धि करतर्फ: हिमालयन डिष्टिलरी लिमिटेड
१५. ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड
१६. विशेष उद्योगतर्फ: वरुण बेभरेज नेपाल प्रालि
१७. जीवन बीमा क्षेत्रतर्फ: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड
१८. निर्जीवन बीमा क्षेत्रतर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड
१९. लघुवित्त क्षेत्रतर्फ: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
