बैंकहरूको खराब कर्जा १६.११ प्रतिशत बढ्यो, ८ बैंकले घटाए

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) बढेको छ । गत आर्थिक वर्षको असोजमा औसत ४.८६ प्रतिशत विन्दु रहेको बैंकहरूको खराब कर्जा चालु आवको असोजसम्ममा बढेर ५.६४ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको तुलनामा बैंकहरुको खराब कर्जा १६.११ प्रतिशतको वृद्धि हो ।

समीक्षा अवधिमा प्रभु बैंकको खराब कर्जा सबैभन्दा उच्च देखिएको छ । बैंकको खराब कर्जा ५.७८ प्रतिशत विन्दुबाट बढेर १४.८० प्रतिशत विन्दु पुगेको छ । यो १५६.०५ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, एनआइसी एशिया बैंकको खराब कर्जा ६.९९ प्रतिशत विन्दुबाट बढेर ९.८१ प्रतिशत विन्दु पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) बैंकको ६.६३ प्रतिशत विन्दुबाट बढेर ८.८७ प्रतिशत विन्दु र कुमारी बैंकको ६.९८ प्रतिशत विन्दुबाट बढेर ८.७२ प्रतिशत विन्दु पुगेको छ ।

प्राइम बैंकको खराब कर्जा ५.८६ प्रतिशत विन्दुबाट बढेर ७.१५ प्रतिशत विन्दुमा पुगेको छ भने हिमालयन बैंकको ७.३९ प्रतिशत विन्दुबाट बढेर ७.९८ प्रतिशत विन्दु कायम भएको छ । एनएमबि बैंकको खराब कर्जा ४.५८ प्रतिशत विन्दुबाट बढेर ४.९२ प्रतिशत विन्दु पुगेको छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७१ प्रतिशत विन्दुबाट बढेर १.८३ प्रतिशत विन्दु पुगेको छ । नेपाल एसबिआई बैंकको ३.०१ प्रतिशत विन्दुबाट बढेर ३.१९ प्रतिशत विन्दु, लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशत विन्दुबाट बढेर ५.५८ प्रतिशत विन्दु र राष्ट्रिय वाणिज्य बैंकको ३.८३ प्रतिशत विन्दुबाट बढेर ३.८९ प्रतिशत विन्दु पुगेको छ ।

कृषि विकास बैंकको खराब कर्जा पनि सामान्य बढेर ४.७८ प्रतिशत विन्दुबाट ४.७९ प्रतिशत विन्दु पुगेको छ ।

यता, २० वाणिज्य बैंकमध्ये सात बैंकले भने खराब कर्जा घटाएका छन् । सिटिजन्स बैंकको खराब कर्जा ६.८४ प्रतिशत विन्दुबाट घटेर ६.८० प्रतिशत विन्दु पुगेको छ । सिद्धार्थ बैंकको ३.८० प्रतिशत विन्दुबाट घटेर ३.७० प्रतिशत विन्दु र ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत विन्दुबाट घटेर ४.७९ प्रतिशत विन्दु कायम भएको छ ।

माछापुच्छ्रे बैंकको खराब कर्जा ४.१३ प्रतिशत विन्दुबाट घटेर ३.९७ प्रतिशत विन्दु, नबिल बैंकको ४.३१ प्रतिशत विन्दुबाट घटेर ४.०६ प्रतिशत विन्दु र नेपाल बैंकको ५.४९ प्रतिशत विन्दुबाट घटेर ४.६१ प्रतिशत विन्दुमा झरेको छ ।

सानिमा बैंकको खराब कर्जा ३.९१ प्रतिशत विन्दुबाट घटेर २.८६ प्रतिशत विन्दु पुगेको छ भने एभरेष्ट बैंकको ०.७४ प्रतिशत विन्दुबाट घटेर ०.५० प्रतिशत विन्दुमा सीमित भएको छ । एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ ।

null

Share News