पक्राउ परेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्री शाहले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

पत्रकार पक्राउ परेको जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले उनीहरूलाई रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् ।

उनले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । 

घटनाबारे प्रधानमन्त्री र उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उनको भनाइ छ ।

‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारीसमेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ दाहालले लेखेकी छन् ।

उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले पत्रकारहरूलाई तत्काल रिहा गर्न र समाचार कक्षमा कुनै पनि प्रकारको धरपकड नगर्न स्पष्ट निर्देशन दिएका हुन् ।

प्रहरी भन्छ : हामीविरुद्ध गलत समाचार लेख्नेलाई पक्राउ गर्छौं

समाचार कक्षमा प्रहरी, पत्रकार धमाधम पक्राउ

Share News