स्वास्थ्य र चिकित्सा शिक्षासम्बन्धी विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विभिन्न पक्षसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (आज) बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमति समयमै टुङ्ग्याउने निर्णय गरेको हो ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री र प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारलगायतको सहभागिता थियो ।

बैठकले आन्दोलनरत विभिन्न पक्षसँग विगतमा भएका सहमतिको पनि समीक्षा गरेको छ । 

कार्यान्वयन भइसकेका सहमतिको प्रगति मूल्यांकन गर्दै बाँकी विषय सम्बन्धित निकायबीच समन्वय गरेर टुङ्ग्याउने निर्णय भएको कार्यालयले जनाएको छ । 

Share News