काठमाडौ । पर्साको वीरगञ्जबाट ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका–६ का २८ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका–२ का २९ वर्षीय दीपक परियार रहेका छन् ।
उनीहरूको साथबाट ४२.७२० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।