काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती पक्राउ गरेर ल्याइएको जानकारी दिए । उनलाई गएराति घरबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
किन पक्राउ गरिएको भनेर कार्यालयले खुलाएको छैन । चोलेन्द्र शमशेर २०७५ पुसमा प्रधानन्यायाधीश भएका थिए ।