बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग

बाढी प्रभावित जिल्ला रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजार नजिकै अवस्थित  नीलकण्ठ माध्यामिक विद्यालय भदौ २५ गतेबाट पुनः सञ्चालनमा आएको छ । भदौ १० गतेको बाढीले बन्द भएको विद्यालय २५ गतेबाट पुनः सञ्चालनमा आएको हो ।

विद्यालयले विद्यार्थीको मनोबल बढाउँदै र भदौ १० गतेको बाढीको घाउ बिर्साउँर्दै पुरानै दैनिकीमा फर्काउन शिक्षक लागिपरेका छन् । बाढीबाट विद्यालयका ६ जना विद्यार्थी बेपत्ता छन् । ५ सय ८ जना विद्यार्थीले अध्ययन गर्दै आएको उक्त विद्यालय खुलेको २ साता पुग्दा २ सय ८५ जना विद्यार्थी पठनपाठनमा फर्किएका छन् । 

उनीहरुलाई पढाइभन्दा बढी सिर्जनात्मक अभ्यासमार्फत पुरानै लयमा फर्काउने प्रयासमा विद्यालय छ ।

विकासन्युजले विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षक र विद्यार्थीको मानसिक तथा सामाजिक अवस्था र स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्दै आएको सहयोग तथा समन्वयका विषयमा विद्यालयका प्रधानाध्यापक माधव लामिछानेसँग कुराकानी गरेको छ ।

Share News