त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक लामा घाइते

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसमा आगजनी हुँदा चालक घाइते भएका छन् ।  

बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका हुन् ।

उक्त बस मुलपानी–थानकोटको रुटमा चल्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । 

घाइतेलाई किर्तिपुरस्थित बर्न अस्पताल उपचारका लागि पठाइएको उनले बताए ।

प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ । 

आगलागीलगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो । 

Share News