माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा असोज २८ गते पोखरामा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को २८औँ वार्षिक साधारण सभा आगामी असोज २८ गते पोखरामा आयोजना गर्ने भएको छ ।

बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार वार्षिक साधारण सभा असोज २८ गते बिहान ११ बजे कास्कीको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बस्नेछ ।

बैंकका अनुसार वार्षिक साधारण सभा तथा संक्षिप्त वार्षिक आर्थिक विवरणसम्बन्धी सूचना असोज ३ गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ का वित्तीय विवरण, सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा अन्य नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक २०५४ सालमा पोखरामा स्थापना भएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्रप्राप्त वाणिज्य बैंक हो ।

Share News