काठमाडाैं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात साउनमा वैदेशिक रोजगारीका लागि ४२ हजार ६९३ जनाले श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउनसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार संस्थागत तथा व्यक्तिगत गरी सो संख्याले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका हुन् ।
अघिल्लो आवको तुलनामा चालु आवको साउनमा श्रम स्वीकृति लिनेको संख्या घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४४६ थियो ।
त्यस्तै एक महिनामा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आवको सोही अवधिमा यो संख्या २३ हजार ६४४ थियो ।