तिहारलगत्तै सरकारको प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिने दाहालको चेतावनी

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रवार अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । 

उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए । 

उनले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरुलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए । 

उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको जानकारी दिए ।

संयोजक दाहालले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए । 

उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरुको एजेडाप्रति आकर्षण बढ्दै गएको दाबीसमेत गरे ।

सरकारले नागिरकको पक्षमा काम गर्न नसकेको संयोवक दाहालको आरोप छ । 

Share News