काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।
यस समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड बमोजिम आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थपेर अधिकतम ३० वर्षको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका परियोजनामा घर तथा अपार्टमेन्ट खरिदकर्तालाई वित्तीय स्रोत जुटाउन थप सहज हुने अपेक्षा गरिएको छ ।
कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको कानूनी तथा प्राविधिक परीक्षण र बैंकको नीति अनुसार उपलब्ध गराइने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।