काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको बिक्रीदर १५३ रुपैयाँ १९ पैसा र खरिददर १५२ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
शनिबार युरोको बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा र खरिददर १७६ रुपैयाँ ९६ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा र खरिददर २०६ रुपैयाँ १८ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलरको बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलरको ११० रुपैयाँ ६२ पैसा र सिङ्गापुर डलरको १२० रुपैयाँ ८३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, चिनियाँ युआनको बिक्रीदर २२ रुपैयाँ ८४ पैसा, साउदी रियालको ४० रुपैयाँ ७९ पैसा, कतारी रियालको ४२ रुपैयाँ २ पैसा र यूएई दिरामको बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने बैंकले उल्लेख गरेको छ ।