काठमाडौं, सरकारले परामर्शका लागि प्रस्तावित संघीय निजामती सेवा विधेयक लोकसेवा आयोगमा पठाएको छ।
सरकारले लामो समयदेखि विभिन्न चरणमा छलफलमा रहेको विधेयक बुधबार परामर्शका लागि लोकसेवा आयोग पठाएको हो ।
लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माले प्रस्तावित निजामती सेवा विधेयक आयोगमा आइपुगेको पुष्टि गरे । उनका अनुसार सरकारले परामर्शका लागि विधेयक आयोगमा पठाएको हो ।
विधेयकमा निजामती कर्मचारीको सेवा, शर्त, सरुवा, बढुवा, अवकाशलगायत प्रशासनसँग सम्बन्धित विभिन्न विषय समेटिएका छन् ।
आयोगले विधेयकका प्रावधानमाथि अध्ययन गरी आवश्यक सुझावसहित सरकारलाई परामर्श दिने प्रवक्ता शर्माले जानकारी दिए ।