इमर्जिङ नेपालका सेयरधनीले तीन महिनाभित्र सेयर बिक्री गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडका ६ जना आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयर बिक्री गर्ने मनसाय सार्वजनिक गरेका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार ती आधारभूत सेयरधनीले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने जानकारी दिएका हुन् ।

सेयर बिक्री गर्ने मनसाय व्यक्त गर्नेमा रिजेन्सी ट्रेडिङ प्रालि., विशाल अग्रवाल, जगदीश प्रसाद अग्रवाल, निकुञ्ज अग्रवाल, अनुज अग्रवाल र युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेड रहेका छन् ।

कम्पनीका अनुसार रिजेन्सी ट्रेडिङ प्रालिसँग १ लाख कित्ता, विशाल अग्रवालसँग १ लाख ६७ हजार २३५ कित्ता, जगदीश प्रसाद अग्रवालसँग ६९ हजार ४५० कित्ता, निकुञ्ज अग्रवालसँग १ लाख ६६ हजार ६८० कित्ता, अनुज अग्रवालसँग ९१ हजार ६७४ कित्ता र युनाइटेड डिष्ट्रिब्युटर्स नेपाल लिमिटेडसँग २६ हजार २०० कित्ता सेयर रहेको छ ।

नेपाल धितोपत्र बोर्डको नयाँ व्यवस्थाअनुसार कुनै पनि आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कम्पनीले नेप्सेमार्फत उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।

Share News