आज जेनजी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी सहिद दिवस’ मनाइँदै छ । २०८२ भदौ २३ गतेदेखि सुरु भएको ‘जेन्जी’ आन्दोलनले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो ।

आन्दोलनको दबाबपछि तत्कालीन केपी शर्मा ओलीको सरकार विघटन भएको थियो भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन गरिएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गते ‘जेन्जी सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Share News