काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन कम्पनीले उक्त सहयोग गरेको हो ।
सिद्धार्थ क्यापिटलका अनुसार विपद्बाट प्रभावित समुदायलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तथा उनीहरूको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको हो ।
कम्पनीले विपद्को समयमा निजी क्षेत्रको भूमिका आर्थिक गतिविधिमा मात्र सीमित नरही समाज र समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्नेतर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
सोही प्रतिबद्धताअनुरूप प्रभावित नागरिकको कठिन परिस्थितिमा साथ र सहयोग प्रदान गरिएको सिद्धार्थ क्यापिटलले जनाएको छ ।
सिद्धार्थ क्यापिटलले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अग्रसर सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, संघ–संस्था, निजी क्षेत्र र सरोकारवालाप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।