ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले १२ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको २०७औँ बैठकले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ का इकाइधनीलाई १२ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई योजनाको आकारको १२ प्रतिशतका दरले प्रतिफल वितरण गरिनेछ । यसअनुसार कुल १२ करोड ३० लाख ९१ हजार ६ सय ३२ रुपैयाँ प्रतिफल वितरण हुनेछ । उक्त रकममा करसमेत समावेश छ ।

प्रतिफल वितरणका लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाइधनी दर्ता किताब बन्द हुने मिति भने पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय भएको छ ।

दुवै योजनाको आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफलसम्बन्धी निर्णय गरिएको कम्पनीले जनाएको छ ।

Share News