सरकारले रसुवा लगायतका ३ जिल्लामा पठायो १६ करोड

फाइल तस्विर

काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला र स्थानीय तहमा १६ करोड रुपैयाँ निकासी गरेको छ । रसुवामा १ करोड, नुकाकोटमा १ करोड, धादिङमा ५० लाख र प्रभावित १५ स्थानीय तहमा १३ करोड ५० लाख पठाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले जनाएको छ ।

गत भेदौँ १० मा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका ठूलो धनजनको क्षति गरेको छ ।  रसुवाको बाढीले बगाएर हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको छ ।

 नेपाल प्रहरीका अनुसार विभिन्न स्थानबाट बाढी बगाएर ल्याएको अवस्थामा १ हजार ३५६ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार ५३० पुरुष, महिला ३२९ महिला, आशिंक अंग ४९७ र १ हजार ३४८ जनाको शव मुचुल्का भइसकेको छ ।

९८ शव मृतकका आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । त्यसैगरी, १ हजार २८० शवको डिएन परीक्षण गरिएको र १ हजार २९० मृतकका आफन्तको शवको डिएनए संकलन गरिएको छ ।

Share News