भोटेकोशी बाढी: १ हजार २ सय बढीको शव फेला, पहिचान नभएका ५ सय बढी शव पुरियो

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गरेको छ । जसमा विभिन्न मानव अंगसहित १२०४ शव फेला परेको उल्लेख छ । 

रसुवामा टिमुरेबाट ल्याइएसँगै ११५ वटा शव फेला परेका छन् । नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका हुन् । 

फेला परेर सोमबारसम्म पनि पहिचान हुन नसकेका शव जमिनमुनी परिएको छ । अहिलेसम्म ९५ शव मात्रै आफन्तले बुझेका छन् ।

प्रहरीका अनुसार ५ सय बढी शव जमिनमा पुरिसकिएको छ । अहिले रहेका शव पनि केही दिन पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनएका लागि प्रक्रिया पुरा गरेर जमिनमा पुरिने छ । 

बाढीमा परी बेपत्ताको संख्या ४ हजार २१६ रहेको प्राधिकरणले जनाएको छ ।

Share News