सम्पदा लघुवित्तद्वारा उद्धार कोषमा ५ लाख ५५ हजार सहयोग

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संस्थाले दुःख व्यक्त गरेको छ ।

संस्थाले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै, बाढीका कारण सम्पर्कविहीन भएका नागरिक तथा बैंक तथा वित्तीय संस्था र विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडाप्रति संस्थाले सहानुभूति जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारबाट सहयोगका लागि आह्वान भइरहेको अवस्थामा संस्थाले उक्त रकम उद्धार कोषमा प्रदान गरेको जनाएको छ ।

सम्पदा लघुवित्तले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।

Share News