काठमाडौं । ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल १ करोड रुपैयाँ सहयोग गरेको छ ।
बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ ।
साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लामा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत थप ५० लाख रुपैयाँसम्म चरणबद्ध सहयोग उपलब्ध गराउने जनाएको छ ।
बैंकले विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै विपत्तिबाट प्रभावित परिवार तथा समुदायप्रति साथ, सहानुभूति र ऐक्यबद्धता रहेको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति बैंकले सम्मान व्यक्त गरेको छ ।
हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर ११७ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।