काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।