काठमाडौं । सरकारले बाढी प्रभावित जिल्ला र स्थानीय तहलाई हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी गरेको छ । रसुवा, नुवाकोट र धादिङसहित विभिन्न स्थानीय तहमा रकम निकासी गरिसकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार हालसम्म ९ करोड २५ लाख रुपैयाँ निकासी भएको छ । रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ निकासी गरिएको छ ।
प्राधीकरणले बाढी प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ निकासी भइसकेको जनाएको छ । ३७ ट्रक र ३५ वटा बोलेरो मार्फत खाद्य र अखाद्य सामग्री पठाइसकेको छ ।
आठ हेलिकोप्टरको उडानबाट खाद्य तथा अखाद्य सामग्री पठाएको प्राधीकरणले जनाएको छ । शनिवार २ टन उत्तरगया र बेत्रावती गाउँपालिकामा खाद्य अखाद्य सामग्री पठाइएको प्राधीकरणले उल्लेख गरेको छ ।
आइतबार ५ वटा पोर्टेबल जेनेरेटरसहित खाद्य, अखाद्यसहित औषधिजन्य सामग्री पठाइएको प्राधीकरणले बताएको छ। नुवाकोटमा १६ वटा सवारीसाधनसहित र हेलिकोप्टर परिचालन गरेर सामग्री वितरण गरिएको छ ।
गत बुधबार बिहान आएको बाढीले रसुवाको बाढीले ठूलो जनधनको क्षति गरेको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतको क्षेत्रमा बाढीले असर गरेको छ ।
प्राधीकरणका अनुसार ७ हजार ८९४ नेपाल प्रहरी, नेपाली सेना ८ हजार ७२२ र शसस्त्र प्रहरी बल नेपाल ४ हजार २ सय ३ जना प्रहरी परिचालन गरिएको छ । हालसम्म रसुवा लगायतका विभिन्न स्थानबाट ९ सय बढी शव फेला परेको छ ।