काठमाडौं । भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् आयोजनाको ३ ‘ए’मा आज बिहान ३ बजे ब्लास्टिङ गरिएको छ ।
बाढीका कारण थुनिएको सुरुङको मुख खोल्ने क्रममा ब्लास्टिङ गरिएको हो । तर, सुरुङको भाग पूरै पानीले भरिएकाले अहिले भित्र पस्न सक्ने अवस्था नरहेको सांसद श्रीराम न्यौपानेले जनाएका छन् ।
उनले भनेका छन्, ‘राति करिब ३ बजे ब्लास्ट त गरियो, तर भित्र पस्ने आशा असम्भव भयो ।’
सुरुङको मुख खोल्ने काम भने जारी रहेको उनले जानकारी दिएका छन् । करिब ४० सेन्टिमिटर मोटाइको ढलान फोर्न ब्लास्टिङ गर्नुपरेको उनले बताएका छन् ।