काठमाडौं । अमेरिकाले रसुवा बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै सहायताबारे घोषणा गरेको हो ।
त्यस्तै, मन्त्रालयले बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपतकालीन खाद्यान्न उपलब्ध गराइने घोषणा गरेको छ ।