रसुवा बाढी अपडेट : ज्यान गुमाउनेको संख्या ७३४ पुग्यो

काठमाडौं । गत बुधबार (१० भदौ) मा रसुवा भोटेकोशीमा आएकोे विनाशकारी बाढीमा सम्पर्कविहीनमध्ये मध्ये ७३४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो ।

प्राधिकरणका अनुसार चितवनमा २५९ नवलपरासी पूर्वमा १८४, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पश्चिममा ८२, रसुवामा १३ र  तनहुँमा ३६ जनाको शव फेला परेको हो । 

प्राधिकरणका अनुसार हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ ।
 

Share News