सेनाले त्रिशूली-३ 'बी' को सुरुङको मुख खोल्न थाल्यो

काठमाडौं ।  नेपाली सेनाले रसुवास्थित त्रिशूली- ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धार गर्न मुख खोल्न थालेको छ ।

शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्य थालेको सेनाले जनाएको छ । टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्न थालिएको सेनाको भनाइ छ ।

'सयौँको संख्याम नागरिक फसेका छन भन्ने छ,’ सेनाका एक उच्च अधिकारीले विकासन्युजसँग भने,’ हामीहरू हिजोदेखि निरन्तर टनेलको मुख खोल्ने कार्यमा लागिरहेका छौँ ।'

त्यसैगरी सेनाले उद्धार तथा राहतका लागि ८ वटा हेलिकोप्टर सञ्चालनमा ल्याएको छ । सेना र निजी गरेर आज १५ वटा हेलिकोप्टर चालु अवस्थामा रहेका छन् । सेनाको आवश्यकता अनुसार निजी कम्पनीका हेलिकोप्टर माग गरिने ती सैनिक अधिकारीले बताए ।

बुधबार रसुवामा आएको ठूलो जनधनको क्षति पुर्याएको छ । रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको थियो ।

Share News