अमेरिकी डलर १५२ रुपैयाँ, बैंकले सार्वजनिक गर्‍यो नयाँ विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलरसहित विभिन्न प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरेको हो ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

यस्तै, एक युरोको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ५ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

Share News