भोटेकोशी बाढीपीडितलाई नेपाल एसबीआई बैंकको राहत सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गरेको छ ।

बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री वितरण गरिएको बैंकले जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको हो ।

बैंकले यस पहलमार्फत सामाजिक उत्तरदायित्व र मानवीय कल्याणप्रतिको आफ्नो प्रतिबद्धता थप सशक्त बनाएको जनाएको छ ।

मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनःस्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा योगदान पुर्याउने बैंकले जनाएको छ ।

संकटको समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ इकाइ, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Share News