नेरुडे मिर्मिरे लघुवित्तका डेपुटी सीईओ श्रेष्ठले दिए राजीनामा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब कार्यकारी प्रमुख (डेपुटी सीईओ) पवनकुमार श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।

संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको भदौ १० गते बसेको ४०३औं बैठकले श्रेष्ठको राजीनामा भदौ १६ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो  ।

श्रेष्ठले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै भदौ १ गते नायब कार्यकारी प्रमुख पदबाट राजीनामा दिएका थिए ।   

Share News