काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकुमार पौडेलको राजीनामा स्वीकृत भएको छ ।
संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको भदौ १० गते बसेको ४०३औं बैठकले पौडेलको राजीनामा असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
पौडेलले घरायसी कारण देखाउँदै भदौ ५ गते प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए।
लघुवित्तले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवश्यक प्रक्रिया प्रचलित नियामकीय व्यवस्था तथा संस्थाको नियमावली र विनियमावलीअनुसार अगाडि बढाइने जनाएको छ ।
संस्थाले उक्त निर्णय नियामकीय जानकारी तथा अभिलेख प्रयोजनका लागि सार्वजनिक गरेको जनाएको छ ।