नर्भिक अस्पताल पुगेर अर्थमन्त्रीले लिए घाइते र उद्धार गरिएकाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा उद्धार गरिएका घाइतेहरूको काठमाडौंस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

अस्पतालमा रसुवागढी भन्सार कार्यालयका नायब सुब्बाद्वय धर्मराज शाही र तिलक पराजुलीको सघन उपचार जारी छ । 

यसैगरी, उनीहरूसँगै उद्धार गरी ल्याइएका जलविद्युत् आयोजना (हाइड्रोपावर) का कर्मचारी धनबहादुर थापा मगर पनि सोही अस्पतालमा उपचाररत छन् । 

यसैबिच, अर्थमन्त्रीले नर्भिक अस्पताल पुगेर उपचाररत नासुद्वय शाही र पराजुलीका साथै हाइड्रोपावरका कर्मचारी थापा मगरलाई भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

भेटका क्रममा अर्थमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । 

Share News