काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले सीमित अवधिका लागि वार्षिक ५.१३ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने जनाएको हो ।
मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार सवारी कर्जा प्रक्रियालाई सहज, छिटो र सर्वसुलभ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो। बैंकले यस योजनाअन्तर्गत प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्रै कायम गरेको जनाएको छ ।
बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजात बुझाएपछि तीन कार्यदिनभित्रै कर्जा स्वीकृत र प्रवाह गरिनेछ। यो सुविधा बैंकका देशभर रहेका सबै शाखामार्फत उपलब्ध हुनेछ ।
प्रतिस्पर्धी ब्याजदर, न्यून सेवा शुल्क र द्रुत कर्जा स्वीकृतिका कारण नयाँ गाडी खरिद गर्ने योजनामा रहेका ग्राहकलाई यो योजना लाभदायी हुने बैंकको विश्वास छ ।
बैंकले यो विशेष अटो लोन योजना सीमित अवधिका लागि मात्रै लागू हुने जनाएको छ ।