आकाशे पुलबाट बाटो काट्न भनेर सम्झाउँदा प्रहरीमाथि हातपात

काठमाडौं । बानेश्वरमा आकाशे पुलबाट बाटो क्रस गर्नु भनेर सम्झाउने प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन् । 

मंगलबार बिहान साढे ९ बजे बानेश्वरको थापागाउँ सडकखण्डबाट बाटो काट्दा प्रहरीलाई हातपात गर्ने घर भएका २७ वर्षीय राज कठायत पक्राउ परेका हुन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले बिहानीको पिक आवरमा जथाभावी बाटो नकाटन भनेर सम्झाउँदा महिला सामुदायिक प्रहरीमाथि ती युवकले हातपात गरेको बताए । 

थापाका अनुसार युवकले महिला प्रहरीमाथि प्रहरीले भनेको मान्छु भन्दै हातपात गरेका थिए। प्रहरीले युवकलाई आकाशे पुलमाथिबाट बाटो काट्न आग्रह गरेका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । कठायत जुम्ला तातोपानी गाउँपालिका २ का हुन् ।
 

Share News