काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल, मसला र माछासहित विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको हो ।
आजको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ र भारतीय ठूलो गोलभेँडा १०० रुपैयाँ कायम भएको छ। सानो लोकल गोलभेँडा ४५ रुपैयाँ, टनेल गोलभेँडा ६८ रुपैयाँ र भारतीय सानो गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
आलुतर्फ रातो लाम्चो आलु ५१ रुपैयाँ, रातो गोलो र मुढे आलु ५३ रुपैयाँ, भारतीय रातो आलु ४० रुपैयाँ तथा सेतो आलु ३८ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ९० रुपैयाँ कायम छ।
कालीमाटी बजारमा स्थानीय गाजर १२० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने भएको छ। स्थानीय बन्दा ३० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो हाइब्रिड मूला ३५ रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
बोडी ९० रुपैयाँ, मकै बोडी १२० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमासको कोसा १३० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर ७० देखि ८० रुपैयाँ, चिचिण्डो र घिरौँला ३० रुपैयाँ तथा भिन्डी ४० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।
रायोको साग प्रतिकिलो १२० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र पालुङ्गो २५० रुपैयाँ तोकिएको छ। हरियो प्याज २०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुनेछ।
च्याउमध्ये कन्य च्याउ ३०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ र मालभोग केरा २०० रुपैयाँ तोकिएको छ । कागती र अनार ३०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ, चोसा आँप २५० रुपैयाँ र जुनार २०० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।
तरबुजा ६० रुपैयाँ, स्थानीय काँक्रो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, स्थानीय नास्पाती ९० रुपैयाँ, चिनियाँ नास्पाती २५० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ र भारतीय मेवा १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
अदुवा प्रतिकिलो ३०० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, हरियो अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ६० रुपैयाँ तथा सुकेको खुर्सानी ५५० रुपैयाँ तोकिएको छ।
लसुन सुकेको (चाइनिज) २२० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ, तोफु १६० रुपैयाँ र तामा १६० रुपैयाँ प्रतिकिलोमा बिक्री हुनेछ ।
कालीमाटी बजारमा रहु माछा प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।