काठमाडौं। पेटभित्र लुकाएर ल्याएको सुनसहित बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । शुक्रबार नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्याप्सुल जस्तो देखिने ३५ वर्षीय मोहम्मदर रसिल हल्दार पक्राउ परेका हुन् ।
दुबईबाट काठमाडौं आएका विमानस्थलको भन्सार एरिया क्रस गरेर पार्किङतर्फ जाँदै गर्दा सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा करिब १५० ग्रामको सुन लुकाई ल्याएको भनी स्वीकार गरेका थिए ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार काठमाडौ मेडिकल कलेज, सिनामंगलमा प्लेभिक एरियाको एक्स रे जाँच गराउँदा शंकास्पद धातु पेट भित्र देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु ननिस्किएर पेटमा अड्किएर बसेको देखिएको थियो ।
स्वास्थ्यमा कुनै प्रतिकुलता नदेखिएको र आवश्यक कानूनी प्रक्रिया पुरा गरी ५ दिन उनलाई अस्पतालमा भर्ना गरी राखिएको छ ।
बंगलादेशी नागरिकलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय गौचरमा बुझाइएको सूचना अधिकारी राजकुमार सिलवालले जानकारी दिए।