काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रयोगमा रहेका ४ थान एटीएम मेसिन लिलामी गर्ने भएको छ । फाइनान्सले ‘जस्तो अवस्थामा जहाँ छ, त्यही अवस्थामा’ एटीएम मेसिन बिक्री गर्न लागेको हो ।
फाइनान्सका अनुसार लिलामीमा राखिएका एटीएम मेसिन डाइबोल्ड ४२९÷५१० मोडलका छन् । उक्त एटीएम खरिद गर्न इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले फाइनान्समा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा दर्ता प्रमाणपत्र, प्यान÷भ्याट दर्ता प्रमाणपत्र तथा पछिल्लो कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । व्यक्तिगत बोलपत्रदाताले नागरिकता र प्यान प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।
बोलपत्रदाताले आफू कालोसूचीमा नपरेको हुनुपर्नेछ । लिलामीमा राखिएका एटीएम मेसिन सम्बन्धित स्थानमा पुगेर निरीक्षण गर्न सकिने फाइनान्सले जनाएको छ ।