बैंकिङ कसुरमा जनता टेलिभिजनका अध्यक्ष पौडेल पक्राउ

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन् । उनलाई कार्यालयबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले विकासन्युजलाई जानकारी दिए ।

उनलाई सिंहदरबार प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको हो । ‘सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ,’ उनले भने ।

प्रहरीका एक अधिकृतले एक-डेढ लाख रुपैयाँ चेक बाउन्समा नियन्त्रणमा लिएको विकासन्युजलाई बताए । बानेश्वरबाट नियन्त्रणमा लिएको र सिंहदरबार वृत्तमा ल्याउँदै गरेको ती प्रहरी अधिकृतले बताए ।

बैंकिङ कसुरमा उनलाई नियन्त्रण लिएको हो । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए । 

Share News