काठमाडौं । युरोपियन इकोनोमिक चेम्बर (ईईसी) नेपालले आफ्नो १८औँ वार्षिक साधारणसभाको अवसरमा नेपालका लागि युरोपियन युनियन (ईयू) की राजदूत भेरोनिक लोरेन्जोको कार्यकाल पूरा भएको अवसरमा विशेष बिदाइ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका अनुभव र सम्झनाहरू साझा गर्दै नेपाल–युरोपियन युनियन सम्बन्ध सुदृढ बनाउन गरिएको सहकार्यबारे चर्चा गरिन् ।
ईईसी–नेपालले राजदूत लोरेन्जोले नेपाल–ईयू सम्बन्धलाई अझ मजबुत बनाउन पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको जनाएको छ ।